मुस्ताङमा हुने राष्ट्रिय च्याम्पियनसिप खेल्ने स्की टिमको बिदाई

मुस्ताङमा हुने राष्ट्रिय च्याम्पियनसिप खेल्ने स्की टिमको बिदाई

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाई गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्की संघ तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको विदाई गरिएको छ।

खेलाडी तथा अफिसियलको बिदाई गर्दै श्रेष्ठले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका थिए । उनले सहभागी खेलाडीलाई शुभकामना दिदैै सचेत भएर प्रतियोगिता खेल्न सुझाव दिएका थिए । प्रतियोगिता आगामी सोमबार र मंगलबार सञ्चालन हुने आयोजकले बताएको छ । विदाई कार्यक्रममा स्की संघका महासचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ र सदस्य अर्जून महर्जनको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।