गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा स्व.गोपाल श्रेष्ठको स्मृतिमा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुरु

गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा  स्व.गोपाल श्रेष्ठको स्मृतिमा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौँ, माघ २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)ले स्वर्गीय गोपाल श्रेष्ठको स्मृतिमा  गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता  आज बाट शुरु भएको छ ।

 नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो। उनकै सम्झनामा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने उदेश्यका साथ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा आज बाट शुरु भएको उक्त प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ।

 स्व. गोपाल श्रेष्ठका बुवाले रेफ्रीलाइ कक र ब्याडमिन्टन प्रदान गरि  कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व, गोपाल श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गर्नुको साथै उनको तस्बिरमा खादा अर्पण गरिएको थियो।  क्लबका सल्लाहकार समेत रहेका नेपाली कांग्रेस गोकर्णेश्वर ४ इकाई सभापति ज्ञानकुमार श्रेष्ठले संचालन गरेको सो उद्घाटन सत्रमा क्लबका पदाधिकारी सहित खेलाडी  रेफ्री र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेल ज्ञानकुमार श्रेष्ठ र ध्रुब नापितको जोडी संग राजकुमार श्रेष्ठ र राजेश गुरुङको जोडी बीच भएको थियो निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा   राजकुमार श्रेष्ठ र राजेश गुरुङको जोडीले  ज्ञानकुमार श्रेष्ठ र ध्रुब नापितको जोडीलाइ २१-१९ र २१- १६ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

त्यसै गरि आजै भएको अर्को खेल विकेश श्रेष्ठ र धन बहादुर श्रेष्ठको जोडी संग राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडी बीच भएको  थियो। प्रतिस्पर्धात्मक बनेको सो खेलमा राजन श्रेष्ठ र रत्न श्रेष्ठको जोडीले विकेश श्रेष्ठ र धन बहादुर श्रेष्ठको जोडीलाइ २१- १५ र २१-१७ अंकको सोझो सेटमा पराजित गर्दै  अर्को चरणमा  प्रवेश गरेको छ। फाल्गुन २ गते सम्म चल्ने सो प्रतियोगितामा  प्रथम दितीय र तृतीय  हुने खेलाडीले नगद पुरस्कार सहित ट्रफी मेडल र  प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।