स्थानीय चुनाव चर्चा : गोकर्णेश्वरमा कांग्रेस जोगाउने,एमाले बढाउने र अरु खाता खोल्ने रणनीतिमा
कपन अनलाइन
काठमाण्डौ ,माघ २६।
नेपाल सरकारले २०७९ बैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा भए संगै गोकर्णेश्वर नगरपालिकामा पनि राजनीतिक चर्चा र परिचर्चा शुरु भएको छ।
गोकर्णेश्वर नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र उपप्रमुख सहित ६ वडा अध्यक्ष जितेको नेपाली कांग्रेस ,दुई वडा अध्यक्ष जितेको नेकपा एमाले विच अवको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा हुने देखिएको विश्लेषण हुन् थालेको छ।त्यस्तै नगरपालिकामा एक वडा अध्यक्षमा जितेको राप्रपा पनि उक्त उपलव्धि जोगाउने दाउमा देखिन्छ।
नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख सहित वडा नं १,३,५,६,८ र ९ मा विजयी प्राप्त गरेको थियो भने नेकपा एमालेले वडा नं ४ र ७ मा जितेको थियो। त्यस्तै वडा नं २ मा राप्रपाका उम्मेदवारले वडा अध्यक्षमा बिजयी प्राप्त गरेका थिए।
आगामी निर्वाचनमा नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकामा आफ्नो पुरानो बर्चस्व जोगाउने रणनीतिमा देखिएको छ भने प्रतिनिधि सभा र प्रदेस सभा जित्दा पनि स्थानीय तहमा प्रमुख र उपप्रमुखमा जित हासिल गर्न नसकेको नेकपा एमाले नगर प्रमुख र उपप्रमुख सहित बहुमत स्थान जित्ने रणनीतिमा देखिएको एक बुद्दिजीवी वताउछन।
प्रतिनिधि सभा,एक प्रदेस सभा र नगरपालिकामा उल्लेख्य शंख्यामा जनप्रतिनिधि रहेपनि प्रमुख र उपप्रमुखमा पराजित भएको एमाले र स्थानीय तहमा राम्रो उपस्थिति रहे पनि प्रदेस (२) र प्रतिनिधि सभा सदस्यमा पराजित भएको नेपाली कांग्रेस विच आगामी निकै रोचक प्रतिस्पर्स्धा हुने बताउदै ति बुद्दिजीवीले यसमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत र रणनीति पनि कतिपय स्थानमा निर्णायक बन्न सक्ने विश्लेषण गरेका छन।
नेकपा एमालेमा देखिएको विभाजन र गत कार्यकालमा गरेका कामहरुलाई लिएर नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिने तयारीमा रहेको नेपाली कांग्रेसले आन्तरिक छलफल र संगठन विस्तारलाई तीव्रता दिएको छ।
त्यस्तै यस पटक नगर प्रमुख र उपप्रमुख सहित बहुमत जित्ने उद्घोष गरेको नेकपा एमालेले पनि सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै चुनावको तयारीमा रहेको छ भने यसका लागि भेला ,प्रशिक्षण र कार्यक्रम सहित आगामी चुनावको चर्चा शुरु गरिसकेको छ।
त्यस्तै गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पनि सक्रिय देखिएका छन। ति दलहरु पनि गठबन्धन भएको अवस्था र नभएको अवस्था दुवैमा रणनीति बनाउन व्यस्त रहेको नेकपा (एकीकृत समाजवादी) का एक नेताले बताएका छन।