काङग्रेसलाई क्रियाशील सदस्यताको विवाद मिलाउन समस्या

काङग्रेसलाई क्रियाशील सदस्यताको विवाद मिलाउन समस्या

काठमाडौ, २६ चैत । महाधिवेशनको तयारीमा रहेको नेपाली काङग्रेसलाई क्रियाशील सदस्यताको विवाद मिलाउन हम्मेहम्मे परेको छ ।
आउँदो भदौमा हुन लागेको १३ औ महाविधेशनका लागि गएको फागुन मसान्त भित्रै सक्रिय सदस्यता विवरण बुझाउन काङग्रेस केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो । तर एक महिना ढिलो भईसक्दा पनि झण्डै २० जिल्लाले क्रियाशील सदस्यता बुझाएका छ्रैनन् ।

nepali-congress
भनेको मितिमा जिल्लाका विवाद नटुङ्गिएपछि बैषाखमसान्तमको समय थप गरेर काङग्रेसले विवाद मिलाउने र विवरण बुझाउने अन्तिम समय दिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।
जिल्ला जिल्लामा गुटगत विवाद भएकाले क्रियाशील सदस्यतामा जिल्ला सभापति बढी अल्मलिएको काङग्रेसका जिल्ला तहका नेताहरुको भनाइ छ ।
जिल्लाबाट विवरण आईसकेपछि त्यसबारेमा अनुशासन समितिले अध्ययन गरेर स्वीकृत गर्न पनि समय लाग्ने भएकाले सकेसम्म छिटो विवाद मिलाएर विवरण बुझाउन केन्द्रिय समितिको निर्देशन छ ।

तपाइँको प्रतिक्रिया ।