तारकेश्वर नगरपालिका वडा नं ३ मा अखिल नेपाल महिला संघ गठन

तारकेश्वर नगरपालिका वडा नं ३ मा अखिल नेपाल महिला संघ गठन

कपन अनलाइन
काठमाडौं, माघ २५ ।

तारकेश्वर नगरपालिका वडा नं ३ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको छ ।करिव १०० जना कृयाशिल महिलाहरुको उपस्थीतीबाट ३१ सदस्य अनेम संघ गठन गरिएको हो  ।

सो भेलाले जमुना फुयालको अध्यक्षतामा ३१ सदस्य अनेम संघ गठन गरिएको छ भने सचिवमा शोभा पलेल रहेकी  छन ।

सो  कार्यक्रमका तारकेश्वर नगरपालिकाका उप प्रमुख  भवानी डोटेल , नगर कमिटि सचिव राजु तिमिल्सिना , जिल्ला कमिटि सदस्य साबित्रा शर्मा लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा  अतिथिहरुले नव गठित वडा कमिटीका पदाधीकारीलाई शुभकामना दिदै अनेमा संघको चर्चा गर्दै देश परिवर्तन तथा विकासका लागि अहिले सम्म खेलेको भुमिकाको विषयमा धारणा राखेका थिए  ।

तपाइँको प्रतिक्रिया ।