तिन प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेकपा एमाले काठमाण्डौको आकस्मिक रक्तदान
कपन अनलाइन
काठमाडौं, माघ २२।
काठमाण्डौ जिल्लाका तिन प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेकपा एमाले काठमाण्डौको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। माघ २२ गते सनिवार क्षेत्र नं २ ,३ र ५ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
काठमाण्डौ क्षेत्र नं २ को ओमसाइ पार्टी प्यालेस ,क्षेत्र नं ३ को बौद्ध स्तुपा र क्षेत्र नं ५ को शंखपार्कमा भएको रक्तदानमा स्थानीय कमिटी तथा सर्वसाधरणहरुले रक्तदान गरेका थिए।
माघ महिना भरमा काठमाण्डौ जिल्लाका १० वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने जानकारी दिदै उपसचिव तथा रक्तदान कार्यक्रमका संयोजक तेज ढकालले प्रतिकुल मौसमका कारण आज रोकिएका काठमाण्डौ क्षेत्र नं १ ,४ र ६ संगै अन्य क्षेत्रमा निरन्तर अभियान जारी रहने जानकारी दिएका छन।
कोरोना प्रकोपका कारण रगत अभाव भएको अवस्थामा सामाजिक उत्तरदायित्वका लागि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको बताउदै ढकालले सहभागिताका लागि सबैलाई आग्रह गरेका छन।
नेकपा एमालेको दोश्रो पदाधिकारी बैठकले जिल्लाका सबै निर्वाचन क्षेत्रमा आकस्मिक रक्तदान कार्यक्रम संचालन गर्नका लागि उपसचिव तेज ढकाललाई संयोजक र क्षेत्र नं १ मा धन बहादुर अछामी , क्षेत्र नं २ मा सृजन शर्मा ,क्षेत्र नं ३ मा उद्दव भण्डारी ,क्षेत्र नं ४ मा लक्ष्मी संग्रौला ,क्षेत्र नं ५ मा रामकृष्ण श्रेष्ठ ,क्षेत्र नं ६ मा विश्वनाथ लामिछाने ,क्षेत्र नं ७ मा विश्वराम सापकोटा ,क्षेत्र नं ८ मा निमा घ्याल्चो लामा ,क्षेत्र नं ९ मा अनन्त राज सिग्देल र क्षेत्र नं १० मा गुन्जमान सिंह बस्नेतलाई संयोजनको जिम्मेवारी दिएको थियो ।