दूधको मूल्य प्रतिलिटर १० रुपयाँ बढ्यो

दूधको मूल्य प्रतिलिटर १० रुपयाँ बढ्यो

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

उपभोक्ताले अब दूधको मूल्य लिटरमा १० रुपायाँ बढी तिर्न पर्ने भएको छ । सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरे पछि प्रशोधित दूधको मूल्य लिटरमा १० रुपयाँ बढ्ने भएको हो ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले स्टैण्डर्र्ड दूधको मूल्य १० रुपयाँमा बढाउन लागेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो । त्यसैलाई आधार मानेर संस्थानले कृषि तथा पशुपन्छी विकास मन्त्रालय समेतको छलफल पछि बोर्ड बैठक बसेर दूधको मूल्य सरकारले बढाएको समर्थन मूल्यलाई आधार मानी ६ रुपैयाँ ५२ पैसामा ३ रुपयाँ ४८ पैसा प्रशोधन तथा अन्य खर्च जोडेर प्रतिलिटर स्टैण्डर्ड दूधको मूल्य १० रुपयाँ बढाउन लागेको हो ।

यस अधि सस्थानले स्टैण्डर्र्ड दूध ७६ रुपयाँमा बिक्रिगर्दै आएको थियो अब स्टैण्डर्र्ड दूधको मूल्य प्रतिटिर ८६ रुपयाँ पर्ने छ । संस्थानले बढाए पछि अन्य निजिडेरीहरुले पनि सोहिआधारमा मूल्य बढाउने छन । राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र मन्त्रालयको आपसी छलफलमा लागतका आधारमा दूधको उपभोक्ता मूल्य निर्धारण गरि सार्वजनिक गरिने छ ।

तपाइँको प्रतिक्रिया ।