अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना बौद्धबाट पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,माघ १५ ।

अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् ।

दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले प्लटिङ नजिकै सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका उनीहरुलाई  सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेर पक्राउ गरिएको हो  ।

उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ ।महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।