काठमाडौँका घमण्डी न्यायाधीश रेग्मीलाई अदालतमा हाजिर गराईने

काठमाडौँका घमण्डी न्यायाधीश रेग्मीलाई अदालतमा हाजिर गराईने

काठमाडौँ,  चैत २३ – पदीय कर्तव्य इमान्दारीपूर्वक नगरेको आरोप लागेका काठमाडौँ जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलनाथ रेग्मीलाई सर्वोच्च अदालतमा हाजिर गराइने भएको छ ।
15040602supreme court of nepal
न्याय परिषद्को सोमबार सम्पन्न बैठकले अतिरिक्त न्यायाधीश रेग्मीलाई कारबाहीको टुङ्गो नलागेसम्म पदीय हैसितयले गर्दै आएको काममा रोक लगाइएको परिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिए ।

उनका अनुसार परिषद्ले सो विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । सो समितिको प्रतिवेदनअनुसार कारबाहीको टुङ्गो नलागेसम्म अदालतमा हाजिरी गराइने भएको हो ।

न्यायाधीश रेग्मीले विभिन्न मुद्दामा गरेको फैसलामाथि परिषद्मा तीन उजुरी परेका थिए । सरकारी वकिलबाट न्यायाधीश बन्नुभएका रेग्मी २०६३ मा रोल्पा, २०६५ मा सिरहा, २०६८ मा ललितपुर र २०७० देखि काठमाडौँ जिल्ला अदालतमा कार्यरत छन् । रासस

तपाइँको प्रतिक्रिया ।