बागमती प्रदेस सभाका दुई समितिको सभापतिमा काठमाण्डौका सिलवाल र पोखरेलको मात्र उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

बागमती प्रदेस सभाका दुई समितिको सभापतिमा काठमाण्डौका सिलवाल र पोखरेलको मात्र उम्मेदवारी परेको छ । बागमती प्रदेस सभामा रहेको अर्थ तथा विकास समिति र शिक्षा ,स्वास्थ्य तथा कृषि समितिको सभापतिमा काठमाण्डौका दुई प्रदेस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका नारायण सिलवाल र केशव प्रसाद पोखरेलको मात्र उम्मेदवारी परेको छ।

 

आज बेलुका ५ बजे सम्म रहेको सभापतिमा मनोनयन गर्ने समय सिमा सकिदा काठमाण्डौ क्षेत्र नं ५ ( १ ) बाट निर्वाचित सिलवाल र काठमाण्डौ क्षेत्र नं ९ ( २ ) बाट निर्वाचित केशव प्रसाद पोखरेलको मात्र उम्मेदवारी परेको हो। उनीहरुलाई भोलि माघ १७ गते बस्ने समितिको बैठकले औपचारिक जिम्मेवारी प्रदान गर्नेछ ।

 

तपाइँको प्रतिक्रिया ।