सपनामा मात्रै नेता रामनाथ !

सपनामा मात्रै नेता रामनाथ !

को हुन् नेता रामनाथ ढकाल ?

दीपकअनुरागी आचार्य, कपिलवस्तु । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकालको ५२ वर्षको उमेरमा आइतबार दिउसो ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ । लामो समय सम्म विभिन्न रोगले थला पर्नु भएका ढकालको पछिल्लो समय स्वाइनफुलुुको कारण निधन भएको चिकित्सकले बताएका छन् ।

ramnath-dhakal

उहाँलाई डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीको टोलीले उपचार गरिरहेको थियो । आइसियुमा उपचार गराइरहेका बेला उहा“लाई दिल्ली लैजान चैत १४ गते नै एयर एम्बुलेन्ससमेत बोलाइएको थियो । तर, मौसमले साथ नदिएपछि र स्वास्थ्य समस्या झन् बढ्दै गएर एयर एम्बुलेन्ससम्म लैजान पनि समस्या हुने भएपछि दिल्ली नलैजाने निणर््ँय गरिएको थियो ।
नेता ढकालले टिबी भएपछि भारतमा उपचार गराएर साढे चार महिनादेखि औषधी पनि सेवन गरिरहनु भएको थियो । एमाले महाधिवेशन लगत्तै उहा उपचारका लागि दिल्ली जानुभएको थियो । त्यतिबेलै रक्तकोषिका सम्बन्धी रोग पहिचान भएको थियो ।

पछिल्लोपटक उहाँ ग्रान्डी अस्पतालमा भर्ना भएको केहीबेरमै फोक्साको झन्डै ८० प्रतिशत भागले काम गर्न छाडेको थियो । लगत्तै किड्नी र अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिएको भन्दै चिकित्सकहरुले पार्टीका नेताहरुसित परामर्श गरेका थिए ।

नेता ढकालको उपचारको व्यवस्था मिलाउन एमालेका पदाधिकारीहरु निरन्तर अस्पताल पुगेका थिए । उहाँ अस्पताल भर्ना भएदेखि निरन्तर उहाको रेखदेखमा खटिएका एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले अस्पताल र चिकित्सकहरुको निरन्तर प्रयासपछि पनि नेता ढकाललाई बचाउन नसकिएको बताउनुभएको छ । उहा“को पाथिर्व शरीरलाई सोमबार नै पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिएको नेकपा एमालेले जनाएको छ । उहाका दुई छोरा र एक छोरी छन् ।
को हुन् नेता रामनाथ ढकाल ?
विसं २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वडा नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका ज्येष्ठ सुपुत्रका रुपमा जन्मनुभएका ढकाल एमालेका जुझारु युवा नेता हुनुहुन्थ्यो । विसं २०३७ मा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रुपमा लोकतान्त्रिक आन्दोलनमा होमिनु भएका उहा“ सङगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभयो र विद्यार्थी आन्दोलनको चचिर्त र अग्रण्ँी नेताका रुपमा स्थापित हुन सफल हुनुभयो ।

विसं २०४० सालमा नेकपा एमालेको पार्टी सदस्यका रुपमा कम्युनिस्ट आन्दोलनमा संलग्न उहाले पार्टीको लुम्बिनी अञ्चल सचिव तथा अञ्चल इञ्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । सातौ“ महाधिवेशनपछि केन्द्रीय सदस्य रहनुभएका ढकाल नवौँ राष्ट«िय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुनु भएको थियो र हाल उहा पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारीमा पाउनुभएको थियो । तर पछिल्लो समय एमालेले नेता ढकाललाई लुम्बिनी अञ्चल इञ्चार्ज तोके पनि जिम्मेवारी समाल्न नपाउदै उहाको दुखत निधन हुन पुग्यो ।

पञ्चायतकालमा पटक–पटक प्रहरी प्रशासन र अन्य पक्षबाट उनीमाथि साङ्घातिक आक्रमण्ँ पनि गरिएको थियो । विसं २०५१ सालमा गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित उहाले विकासप्रेमी, सक्रिय र प्रभावकारी सांसदका रुपमा आङ्खनो विशिष्ट छाप छाड्न सफल भएको एमालेले जनाएको छ । विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ५ बाट विजयी उहाँले व्यवस्थापिका–संसद्मा राज्य व्यवस्था समितिको सभापतिका रुपमा निर्वाह गर्नुभएको भूमिका संसदीय इतिहासमा सदैव स्मरण्ँीय रहने एमालेको ठहर छ ।
नेता रामनाथको निधनले कपिलवस्तु जिल्ला शोकाकुल ।।
नेकपा (एमाले) जिल्ला अध्यक्ष झविलाल पोख्रेलद्धारा एक शोक प्रेस विज्ञप्ती जारी गर्दै एमाले पोलिटब्यूरो सदस्य, लुम्बिनी अंचल इन्चार्ज, राज्य ब्यवस्था समिति पूर्व सभापति तथा संविधान सभाका पूर्व सदस्य रामनाथ ढकालको दुखद् निधनको खबरले आफुहरुलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

अनेरास्ववियुका पूर्व केन्द्रिय अध्यक्ष एवं युवा नेता ढकालको निधनबाट सिंगो पार्टी र राष्ट्रलाई नै अपुरणिय क्षती पुगेको पोख्रेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ । दुःखद् यस क्षणमा असल नेता स्व. रामनाथ ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन, पार्टी कार्यकर्ता, शुभेच्छुक सबैप्रति धैर्यधारण रहन आग्रह गरिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

यसैबिच नेता ढकालको निधनले प्रेस चौतारीका केन्द्रिय सदस्य बिकास बञ्जाडेले एक प्रेस विज्ञप्ति जारी गर्दै आफुहरुलाई स्तब्ध बनाएको बताउनुभएको छ । नेता ढकालको निधनले सिङ्गो पार्टी र देशको नै अपुरणीय क्षति भएको बिज्ञप्तिमा जनाईएको छ ।

यसैबिच अनेरास्ववियु कपिलवस्तुले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका पुर्व केन्द्रिय अध्यक्ष एव्म नेकपा एमालेका युवा नेता रामनाथ ढकालको निधनको खबरले सिङ्गो संगठनलाई स्तब्ध पारेको उल्लेख गरेको छ ।

अनेरास्ववियुको विद्यार्थी आन्दोलनमा उहाले गरेको अतुलनिय कामको सम्झना गर्दै सिंगो देश नै उहाको निधनले मर्माहत बनेको अनेरास्ववियुका जिल्ला अध्यक्ष बिकास आचार्य द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ढकाल प्रति भावपुर्ण श्रद्धाञ्जिली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समबेदना प्रकट गरेको अनेरास्ववियु जिल्ला प्रचार विभागले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।