आजको मौसम पूर्वानुमान : आंशिकदेखि सामान्यतया बदली हुने

आजको मौसम पूर्वानुमान : आंशिकदेखि सामान्यतया बदली हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ ६ ।

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो ( बिहान १०/११ बजेदेखि भरे साँझ ६ बजेसम्म) देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यस्तै आज राति (भन्नाले साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) देशभर आंशिकदेखि सामान्यतया बदली रहने बुलेटिनमा उल्लेख छ। यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।

तपाइँको प्रतिक्रिया ।