नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर कार्यालय चुनिखेलमा

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर कार्यालय चुनिखेलमा

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर कार्यालय चुनिखेलमा स्थापना गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सो कार्यालयको मंगसिर २२ गते उद्घाटन गरिएको थियो।

सो नगर पार्टी कार्यालयको नेकपा माओवादी केन्द्र काठमाण्डौका इन्चार्ज कुमार पौडेल र जिल्ला अध्यक्ष हिमाल शर्माले  उदघाटन गरेका थिए।

उक्त पार्टी कार्यालय उदघाटनमा नेकपा माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज बिदुर खड्का ,क्षेत्रीय सचिव डम्बर अधिकारी ,जिल्ला समन्वय कमिटीका सदस्यहरु राजेन्द्र श्रेष्ठ,उद्दव चौलागाई ,कुसुम बिक,राजकुमार कार्की सहित नगरका पदाधिकारी तथा सदस्यहरुको  उपस्थिति रहेको जानकारी दिदै नगर कमिटीका अध्यक्ष भाइनारायण श्रेष्ठले पार्टी कामलाई व्यवस्थित र चुस्त बनाउन कार्यालय स्थापना गरेको बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।