बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा उद्घोषण कला तालिम सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा उद्घोषण कला तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा उद्घोषण कला तालिम सम्पन्न भएको छ। वडा नं ७ को कार्यालयको भवनमा १० दिन सम्म चलेको सो तालिमको आज समापन गरिएको हो।

उद्घोषण , कार्यक्रम तालिका ,नेतृत्व विकास र संचार सिप लगायतका विषयहरुमा प्रशिक्षण प्रदान गरिएको सो तालिमको समापान कार्यक्रमको प्रमुख अतिथि वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन रहेका थिए।

वडा नं ७ का सचिव कुमार निरौलाको अध्यक्षता तथा वडा सदस्य अनिता मिजारको आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महर्जनले उद्घोषण कला तालिमले व्यक्तित्व र नेतृत्व विकास गर्ने बताउदै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारिक जिवनमा उतार्न आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।