काठमाण्डौ महानगरपालिका वडा नं ७ मैजुबहाल पार्क निर्माण निरीक्षणमा डा.राजन भट्टराई

काठमाण्डौ महानगरपालिका वडा नं ७ मैजुबहाल पार्क निर्माण निरीक्षणमा डा.राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,माघ ३।

काठमाण्डौ महानगरपालिका वडा नं ७ कुमारीगाल- मैजुबहाल पार्क निर्माणको नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले निरीक्षण गरेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ७ को मैजुबहाल कुमारीगालमा निर्माण भैरहेको सो पार्कको लागत ५३ लाख ६२ हजार ३ सय रुपैया ३८ पैसा रहेको छ।

शारदादेवी कन्ट्रक्सन प्रालि ठकेदार कम्पनी रहेको सो पार्कको निरीक्षण गर्दै डा.भट्टराईले पार्क निर्माणमा बजेट अभाव भए व्यवस्थापन गर्ने बताउदै समयमै काम सम्पन्न गर्न आग्रह गरेका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ७ का सदस्य कृष्णमणि भट्टराई, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य टिका पराजुली सहित सोहि क्षेत्रको सडक निर्माणको निरीक्षणमा पुगेका डा.भट्टराईले स्थानीयहरु संग छलफल पनि गरेका थिए।

डा.भट्टराईको सक्रियता र पहलमा महानगरपालिकाबाट सो पार्क निर्माणका लागि बजेट व्यवस्थापन भएको जानकारी दिदै वडा सदस्य भट्टराईले वडाका अन्य क्षेत्रमा पनि द्रुत गतिमा विकास भैरहेको बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।