टोखा नगरपालिकानागरिकले उपचारका लागि निशुल्क रगत पाउने

टोखा नगरपालिकानागरिकले उपचारका लागि निशुल्क रगत पाउने

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

टोखा नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको मेयर प्रकाश  अधिकारीले बताएका छन ।

नेपाल रेडक्रस सोसाइटीसँग  सम्झौता गरि आफ्ना  विरामी स्थानीय अस्पतालमा भर्ना भई उपचार गराउदा रगतको निशुल्क व्यवस्था गराएका हुन् ।

रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार  भूक्तानी गर्ने मेयर अधिकारीको भनाई छ ।

रगत अभावमा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न निति तथा कार्यक्रम अनुरुप बजेट व्यवस्थापन गरिएको अधिकारीको भनाई छ  ।

टोखा नगरपालिका नागरिकको स्वास्थ प्रति सदैब प्रतिबद्ध रहेको तथा स्वास्थ शाखाबाट प्रभावकारी सेवा प्रवाह भैरहेको मेयर अधिकारीको भनाई छ ।

तपाइँको प्रतिक्रिया ।