सानो उमेरमै आत्रेयले सबैलाई समाजसेवा गर्न हौसला दिएका छन : उद्दव प्रसाद खरेल

कपन अनलाइन

काठमाण्डौ ,पौष ३०।

पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका पनाति आत्रेय कोइरालाले मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ ‘नयाँ उज्यालो फाउण्डेशन’ स्थापना गरि काम अगाडी बढाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाको विधिवत रुपमा उद्घाटन गरिएको हो ।

सो अवसरमा बोल्दै  बुढानिलकण्ठ नगरपालिका मेयर उद्वव प्रसाद खरेलले सानो उमेरमै आत्रेयले सबैलाई सेवागर्न हौसला दिएको उल्लेख गर्दै आगामी दिनको लागि शुभकामना दिएका थिए । ‘आगामी दिनमा उज्यालो फाउन्डेसनले उज्यालो छर्न सकोस, सानो काम गरेर ठूलो कुरा गर्ने भन्दापनि सानो संस्था भएपनि ठूलो काम गर्न सकोस मेरो शुभकामना छ,’ उनले भने ।
यसै गरि  संस्थाका सुवेक्षुक सुशिल उप्रेतिले गरिबीको रेखामुनी रहेका नेपाली जनतामा आधारभुत आवश्यता पुर्याउन हेतुले खोलिएको यस संस्थाको कामले आफुलाई खुसी मिलेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।