नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको उपसचिवमा तेजप्रसाद ढकाल

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको उपसचिवमा तेजप्रसाद ढकाल

कपन अनलाइन

काठमाण्डौ ,पौष २८।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको उप सचिवमा तेजप्रसाद ढकाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन। नेकपा एमाले सम्वद्ध पेशागत महासंघ हुदै लामो समय देखि काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा सक्रिय रहेका ढकाललाई काठमाण्डौ जिल्लाको छैटौ जिल्ला अधिवेसनले उप सचिवमा निर्वाचित गरेको हो।

यस अघि काठमाण्डौ जिल्ला कमिटीको सचिवालय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक समेत रहेका ढकालले  लेखापढी संघका पुर्व केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत बहन गरिसकेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ३० का स्थायी बासिन्दा ढकालले छैटौ जिल्ला अधिवेसनमा आर्थिक विभागको प्रमुखका रुपमा सफलता पुर्वक जिम्मेवारी बहन गरेका थिए।

काठमाण्डौ जिल्लावासीले देखाएको अगाध माया र समर्थनलाई सम्मान गर्दै आगामी निर्वाचनमा नेकपा एमालले अहिले भन्दा थप मजबुत बनाउने बताउदै उप सचिव ढकालले अधिवेसन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

तपाइँको प्रतिक्रिया ।