तालिन्चोक महिला उपभोक्ता समिति गोकर्णेश्वर ४ द्वारा आयोजित ७ दिने उद्घोषण तालिम सम्पन्न

तालिन्चोक महिला उपभोक्ता समिति गोकर्णेश्वर  ४ द्वारा आयोजित ७ दिने उद्घोषण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सहकार्य तथा तालिन्चोक महिला उपभोक्ता समितिको आयोजनामा भएको उक्त तालिम समापन सत्रको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सदस्य जयराम महत बिष्णु सुनाम,प्रशिक्षक शिलु अधिकारी लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको  कार्यक्रमको अध्यक्षता तालिन्चोक महिला उपभोक्ता समितिको अध्यक्ष एबम कार्यक्रम संयोजक  लिना थापाले गरेकी थिइन भने कार्यक्रम संचालन प्रशिक्षार्थी द्वय  गीता श्रेष्ठ र लक्ष्मी गिरिले गरेकी थिइन ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरि गरेका थिए ।कार्यक्रममा प्रशिक्षार्थी चन्द्रा शाह ठकुरीले स्वागत मन्तब्य राखेको कार्यक्रममा जयन्ति थापाले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन् ।प्रशिक्षार्थी गौरी श्रेष्ठले गीत गाएर मनोरंजन प्रदान गरेकोकार्यक्रममा  प्रशिक्षक सिलु अधिकारी, वडा सदस्य जयराम महत बिष्णु सुनाम वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले महिलाहरु नेतृत्वमा आउनुपर्नेमा जोड दिएकी थिइन। उनले महिलाहरु पनि सक्षम रहेको बताउदै महिलाहरु पछाडि पर्नुको मुख्यकारण नेतृत्व विकास नहुनुनै भएकाले नेतृत्व र क्षमता विकासमा ध्यान दिनु पर्ने बताएकी थिइन उनले तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न आग्रह गरेकी थिइन। उनले  अहिलेको समय भनेको सृजनात्मक समय भएको बताउँदै नेतृत्व विकास र बोल्ने कलाले मानिसलाई समाजमा छुट्टै पहिचान दिने बताइन  । महिलाहरुले गरेको नेतृत्व सफल भएको भन्दै अब घर भित्र मात्रै नभएर महिला घरबाहिर पनि निस्कनुपर्ने बताइन  ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख सन्तोष चालिसेले  तालिमले सहभागीहरुको आत्मविश्वास बृद्दी भएको  बिश्वास ब्यक्त गर्दै तामिममा सिकेका कुराले व्यक्तित्व तथा नेतृत्व बिकासमा सहयोग पुग्ने बताएका थिए ।उनले सिकेका कुरा व्यवहारमा लागु गर्नपर्नेमा  जोड दिएका थिए । तालिमले महिला शसक्तिकरणमा सहयोग पुग्ने बताउदै बोल्ने मात्रै नभएर प्रभावकारी तरिकाले बोल्नु अहिलेको आबश्यकता भएको  उनले बताए। नगरपालिकाले महिला तथा युवा हरुलाई आत्मनिर्भर बनाउन बिभिन्न तालिमहरु प्रदान गरेको स्मरण गर्दै धरै जनाले तालिम पश्चात  उत्पादनमा केन्द्रित भएको बताए।  उनले आगामी दिनमा पनि बिभिन्न तालिमहरु प्रदान गर्दै जाने पनि उनले बताए ।

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिमको अनुभब आदानप्रदान समेत गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै तालिन्चोक महिला उपभोक्ता समितिको अध्यक्ष एबम कार्यक्रम संयोजक  लिना थापाले उपस्थित सबैलाई धन्यबाद दिदै अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले सो  तालिमको आयोजना गरिएको प्रष्ट पार्दै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।