ओमिक्रन चाँडो फैलिइरहेछः डा. रमेश आचार्य

कपन अनलाइन

काठमाण्डौ ,पौष २७ ।

भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरु पनि सचेत हुनपर्ने बताए ।
ओमिक्रोन भेरियन्ट अहिले संसार भरीमा भेरोसिल्ड खोप भन्दा फाइजर, जोनसोन र मोर्डना खोपमा कम असर देखिएको डाटा उल्लेख गरे । ज–जसले दोस्रो डोज लगाएका सबैले तेस्रो डोज ‘बुस्टर’ लगाउन पर्ने डा.आचार्यले सुझाव दिए ।
अन्य देशमा २ वर्ष देखि ११ वर्ष मुनिका उमेर समुहका धेरै बालबालिकाले खोप लगाएको भन्दै उनले नेपालका बालबालिकाहरुलाई पनि तुरुन्तै खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । ओमिक्रोन र डेल्टा भेरियन्ट मिक्स भएर आएमा अहिले लगाएको खोपले काम नगर्ने उनको भनाई थियो ।
धेरै देशमा ओमिक्रोन भेरियन्टका खोकी लाग्ने, नाकबाट पानी, धेरै ज्वरो र घाँटी दुख्ने जस्ता लक्षणहरु देखिएको पनि जानकारी दिए । पछिल्लो समयमा खोपको कारण बिरामीहरुलाई आइसीयु र भेन्टिलेटरमा जानबाट जोगाएको समेत उनले जिकिर गरे ।
उनले नेपालमा कन्ट्याकट्रेसको राम्रो जाँच नभएको भन्दै उनले भारत र नेपालको बोर्डरमा कडाई नभएको समेत गुनासो गरे । अन्तराष्ट्र्रिय बोर्डरबाट आउने यात्रुहरुलाई १४ दिन निगरानीमा राख्न पर्ने धारणा राखे । मास्क, सामाजिक दुरी कायम, स्यानीटायजरको प्रयोग गरेर भाइरसबाट जोगिन सबैलाई आग्रह गरे । नेपालीहरुले आफ्नो परिवारमा कसैको मृत्यु नभएसम्म रोगसँग नडराउने प्रवृत्ति रहेको पनि सुनाए ।
उनले ओमिक्रोनको नियन्त्रण लकडाउन मात्र नभएको बताए । लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राख्न सकको देश चाइना मात्रै भएको बताउँदै डा.आचार्यले अरु देश लकडाउनमा असफल भएको बताए । ओमिक्रोन डेल्टाभन्दा कम संक्रामक भएको कारण मृत्युदर कम हुने उनको भनाई थियो । ओमिक्रोन फैलनमा सरकार र राजनीतिक दलहरुको हात भएको आरोप लगाए । उनले भने,‘ठुला पार्टी सबैले महाधिवेशन गरे, महाधिवेशनकै कारण आज ओमिक्रोन फैलिएको हो । यो फैलनूमा पार्टी पनि जिम्मेवार छन् ।’ महाधिवेशनमा केन्द्रीत सरकारले स्वास्थ्यमा ध्यान नदिएको उनले आरोप लगाए । २ हप्ताअगाडी नै स्मार्ट लकडाउन गर्न पर्ने उनले जोड दिए ।

तपाइँको प्रतिक्रिया ।