नेकपा एमाले ओखलढुंगामा निर्वाचन हुने ,को को छन पदाधिकारीको चर्चामा ?

नेकपा एमाले ओखलढुंगामा निर्वाचन हुने ,को को छन पदाधिकारीको चर्चामा ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २४।

नेकपा एमाले ओखलढुंगाको नेतृत्व चयनका लागि  निर्वाचन हुने भएको छ। जिल्ला सदरमुकाममा भैरहेको बन्द सत्रमा लिला बहादुर कटवालको नेतृत्वमा रहेको निर्वाचन समितीले तालिका प्रकासित गर्दै प्रक्रिया सुरु गरेको छ।

सहमति नभएमा  निर्वाचन समितिले प्रकासित गरेको तालिका अनुसार भोलि पौष २५ गते १ बजे देखि ४ बजे सम्म मतदान हुनेछ। अहिले पदाधिकारी र सदस्यका आकांक्षीहरुले उम्मेदवारी दर्ताका लागि धमाधम फारम लगिरहेको एक प्रतिनिधिले जानकारी दिएका छन।

भोलि हुने जिल्लाको नेतृत्व चयनमा अध्यक्षमा शंकर कटवाल र सिताराम गुरुङतथा उपाध्यक्षमा हर्कबोल राई र रंजित धमलाको नाम चर्चामा रहेको रहेको छ।

त्यस्तै नेकपा एमाले ओखलढुंगाको सचिवका लागि तिर्थ सुवेदी र कमल न्यौपाने मैदानमा उत्रिने तयारीमा रहेको जानकारी दिदै एक नेताले दुई समूह बनेर निर्वाचन हुने सम्भावना बढेकोले जिल्लाको राजनीतिक माहोल निकै तातेको बताएका छन।

निर्वाचन तालिका :

तपाइँको प्रतिक्रिया ।