गोकर्णेश्वर नगरपालिका वडा नं १ मा दुइ दिने उद्घोषण तालिम शुरु

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा दुइ दिने उद्घोषण तालिम शुरु

कपन अनलाइन

काठमाडौँ, पौष २२। गोकर्णेश्वर नगरपालिका वडा नं १ मा दुइ दिने उद्घोषण तालिम शुरु भएको छ। सांस्कृतिक धरोहर सहितको समृद्द शहर! धार्मिक मौलिकता र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं १ को  आयोजना तथा  सन्ध्या फिल्म्स एण्ड  मिडिया  प्रालिको सहकार्यमा संचालित दुइ दिने तालिमको बुधबार  उद्घाटन भएको हो । सुन्दरीजल स्थित ओख्रेनी माध्यमिक बिध्यालयमा आयोजित उक्त तालिम उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका  युवा खेलकुद विकास समितिका संयोजक संजय लामा लगायत जनप्रतिनिधि, शिक्षक प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले गरेका थिए भने कार्यक्रम संचालन बिपिन श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष तथा कार्यक्रम संयोजक दिलमाया तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन। उनले  अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस तालिमको आयोजना गरिएको प्रष्ट पारेकी थिइन्  ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै कार्यक्रमले सहभागीहरुको आत्मविश्वास बृद्दी हुनेमा बिश्वास ब्यक्त गर्दै तामिममा सिकेका कुराले व्यक्तित्व तथा नेतृत्व बिकासमा सहयोग पुग्ने बताएका थिए ।उनले सिकेका कुरा व्यवहारमा लागु गर्नपर्नेमा  जोड दिएका थिए । कार्यक्रममा बोल्ने अन्य  बक्ताहरुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै  सहभागीहरुलाई सिकेका कुरा व्यवहारमा लागु गर्न जोड दिएका  थिए  ।

अध्यक्षताको आसन बाट बोल्दै वडा अध्यक्ष राम मानन्धरले उपस्थित सबैलाई धन्यवाद दिदै भौतिक विकास मात्र विकास नभएर नागरिकलाई सचेत, सक्षम र नेतृत्वदायी बनाउनु झनै महत्वपुर्ण विकास भएको बताए । उनले तालिम अवधिमा धेरै भन्दा धेरै कुराहरु सिकेर निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने हुन र कार्यक्रम संचालन गर्न सक्षम बन्न शुभकामना दिएका थिए  ।तालिममा ५५जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ भने तालिममा प्रशिक्षक नवराज योगीले सहजीकरण गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।