नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ३० को कार्यालय उद्घाटन

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ३० को कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,पौष १९।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ३० को कार्यालय उद्घाटन गरिएको छ । काठमाण्डौ क्षेत्र नं ४ डिल्लीबजार पिपलबोटमा स्थापना गरिएको सो कार्यालयको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले गरेका थिए।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल ,नेकपा एमाले काठमाण्डौ महानगर कमिटी अध्यक्ष निर्मल देउला लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सो कार्यालय उद्घाटन गरिएको हो।

कार्यालय उद्घाटन पछी बोल्दै डा. भट्टराईले पार्टी कामलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्यालय व्यवस्थापनले महत्वपूर्ण  भूमिका खेल्ने बताउदै वडा कमिटीलाई बधाई ज्ञापन समेत गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।