राष्ट्रपती बिद्यादेवी भण्डारी र कर्णाली प्रदेशका स्काउट मास्टरहरु विच भेट

कपन अनलाइन

काठमाण्डौ ,पौष १६ ।

सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारीले ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा बि.टी.सी, पी.टी.सी तालिम सम्पन्न गरेका कर्णाली प्रदेशका एक सय एक्काइस जना स्काउट मास्टरहरुलाई भेट गरेकी छन । 

भेटघाट समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी, सदस्यहरु  बिजेन्द्र ध्वजु,  इन्द्र भुषण अधिकारी,  सीमा कर्ण, नेपाल स्काउट कर्णाली प्रदेश संयोजक  कमल बोहरा, नेपाल स्काउटका कन्सल्ट्याण्ट  देवराज घिमिरे एवम् नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरका कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्माननीय राष्ट्रपतीलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटको स्कार्फ प्रदान गरेका थिए  ।

उक्त समारोहमा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक  लोक बहादुर भण्डारीले  आँफु अदालतको निर्णयलाई शिरोपर गर्दै पुनः नेपाल स्काउटको राष्ट्रिय संयोजकको जिम्मेवारीमा फर्किएको स्मरण गराउँदै ऐन, नियमावली, निर्देशिका एवम् प्रचलित कानूनको अधीनमा रही नेपाल स्काउटको बार्षिक नीति तथा कार्यक्रम अनुसार १३,००० विद्यालयहरुमा स्काउट शिक्षाको विस्तार मार्फत दक्ष एवम् सक्षम युवाहरुको बिकास गरी उनीहरुलाई सुन्दर एवम् समृद्ध समाजको निर्माणमा समर्पित गराउने लक्ष्य प्राप्ती तर्फ उन्मुख रहेको जानकारी गराएका थिए  ।

नेपाल स्काउट कर्णाली प्रदेश संयोजक  कमल बोहराले कर्णाली प्रदेशका प्रत्येक पालिकामा स्काउट शिक्षा बिस्तार गर्दै समृद्ध कर्णाली निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । साथै, उहाँले स्काउटरहरु मार्फत कर्णालीको पर्यटन प्रवर्धन समेत गर्न सकिने तथ्य औंल्याएका थिए  ।

महिला सहभागीहरुका तर्फबाट गोमा पौडेलले  सुर्खेत र पुरुष सहभागीहरुका तर्फबाट डिल्लीराम आचार्य, दैलेखले  सम्माननीय राष्ट्रपतीज्यू समक्ष कर्णाली प्रदेशका समस्याहरु राखेकी थिइन्  ।

सो आवसरमा  सम्माननीय राष्ट्रपतीले विद्यालयतहदेखि नै आँफु स्काउट र यसका गतिविधिहरुको बारेमा जानकार रहेको कुरा सहभागीहरुलाई बताउदै  यो एक विशुद्ध स्वयंसेवी सस्था भएको हुँदा संस्थागत मूल्य, मान्यता एवं विश्व स्काउटका आदर्शहरुलाई आत्मसाथ गर्दै आफ्ना सबै किसिमका गतिविधिहरुलाई निर्वाध रुपमा अघि बढाउन निर्देशन दिएकि थिइन्  ।

तपाइँको प्रतिक्रिया ।