काठमाडौं नयाँ बसपार्कबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ

काठमाडौं नयाँ बसपार्कबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

काठमाडौं  नयाँ बसपार्कबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित नेपाली सेनाका एक जना सिपाही, नेपाल प्रहरीका दुई जना कार्यालय सहयाेगी र एक जना सर्वसाधारणलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चार थान रेडपाण्डा बरामद गरिएको महाशाखा स्रोतले जानकारी दिएको छ । पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा निरबहादुर घले, मोहन कर्ण कार्की, कृष्ण तामाङ र सुरेश गिरी रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।