बुढानिलकण्ठ प्रमुख खरेलको प्राथमिकतामा तिन ठुला पूर्वाधार:नगरपालिका विकासका आधार
कपन अनलाइन
काठमाण्डौ ,पौष ११।
बुढानिलकण्ठ नगरपालिकामा निर्माण सम्पन्न भएका र निर्माणाधीन रहेका तिन ठुला पूर्वाधारहरुका वारेमा यहाँ चर्चा गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाको यातायात,खेलकुद र स्वास्थ्य क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने यी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन नगर प्रमुख उद्दव प्रसाद खरेलले।
२०७४ साल जेष्ठ १० गते नगरपालिकाको प्रमुखका रुपमा सपथ खाएर पदबहाली गर्दा नगर प्रमुख खरेलले आफ्ना पांच प्राथमिकता मध्ये पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेका थिए।
बुढानिलकण्ठ नगरपालिकाको पूर्वाधार,पर्यटन र सांस्कृतिक विकासलाई सधै उच्च स्थानमा राखेर योजना तर्जुमा , बजेट व्यवस्थापन तथा सहजीकरण गर्दै आएका प्रमुख खरेलको प्रयास र पहलमा निर्माण सम्पन्न र निर्माणाधीन रहेका तिन ठूला पूर्वाधारका वारेमा तल चर्चा गरिएको छ।
१. धोवीखोला कोरिडोरको अवरोध र त्यसको समाधानमा नगर प्रमुखको पहल
बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा दक्षिणमा रहेको पाथिभरा टोलबाट अहिले धोवीखोला कोरिडोरमा सरर गाडी गुड्ने गरेका छन। अहिलेको सहज अवस्था आउन सो स्थानले धेरै नै छलफल ,बैठक ,विरोध र प्रदर्शन समेत देखेको र भोगेको छ। लामो समय देखि निर्माण भएर पश्चिम तर्फको पाटो कालोपत्रे भैसक्दा पनि सो स्थानमा रहेका डेढ दर्जन भन्दा बढी घर र त्यसमा आश्रित स्थानीयहरुको व्यवस्थापन हुन् नसक्दा पुर्व तर्फ निर्माण रोकिएको थियो।
सो स्थानमा देखिएको अवरोध निकै ठुलो र व्यवस्थापनमा चुनौतीपूर्ण थियो जसलाई समाधान गर्दै त्यहाँ जनतालाई व्यवस्थापन गर्न नगर प्रमुख खरेलले निकै ठुलो जोखिम मोलेका थिए। सो सडकमा पर्ने घरहरुको व्यवस्थापन र स्थानीयको मागलाई संबोधन गर्नका लागि प्रमुख खरेलको पहल र तत्कालिन प्रमुख सल्लाहकार तथा हाल रास्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको सक्रियतामा स्थानान्तरणको प्रक्रिया अगाडी बढाईएको थियो।
सो क्षेत्रका स्थानीयहरुलाई वडा नं २ मा स्थानान्तरण गर्दै नगरपालिकाको महत्वपूर्ण पूर्वाधारको अवरोध हटाउन सफल बनेका प्रमुख खरेलले सो कार्यको लागि बजेट व्यवस्थापनमा समेत निर्णायक भूमिका निर्वाह गरेका थिए।
२. कपन ह्यान्डबल मैदान
बुढानिलकण्ठ नगरपालिकाको खेलकुद पूर्वाधारमा कपन ह्यान्डबल मैदान निकै महत्वपूर्ण र आवस्यक पूर्वाधारका रुपमा रहेको छ। धेरै वर्ष सम्म टुक्रे बजेट र कामचलाउ योजनामा रुम्म्लिरहेको सो मैदानलाई अन्तरास्ट्रिय मैदानका रुपमा विकास गर्नका लागि नगर प्रमुख खरेलको भूमिका निकै महत्वपूर्ण रहेको छ।
विभिन्न समितिहरुका नाममा सो मैदानको उपयोग र स्वामित्व दावी गर्दै आएका सरोकारवाला पक्षहरु संगको पटक पटक छलफल पश्चात अन्तरास्ट्रिय स्तरको ह्यान्डबल ,७ ए साइड फुटवल मैदान र अन्य संरचना सहितको बृहत पूर्वाधार निर्माणको अवधारणा सारेका प्रमुख खरेलले नगरपालिका बाट नै बजेट व्यवस्थापन गर्ने प्रतिवादत्ता व्यक्त गर्दै निर्माण शुरु गराएका छन।
एक पटकको छलफलमा नेपाल ह्यान्ड बल संघका कार्यबाहक अध्यक्ष रामकृष्ण केसीले बजेट वारेमा राखेको जिज्ञाशामा जसरि पनि बजेट व्यवस्थापन गर्ने सार्वजनिक प्रतिवदत्ता ब्यक्त गरेका प्रमुख खरेलको पहलमा टेन्डर आव्हान भएर निर्माणाधीन रहेको सो मैदान आगामी दिनमा ह्यान्डबल खेलको केन्द्र बन्ने देखिन्छ। यो मैदान निर्माण शुरु भए संगै त्यही बाट उत्पादित रास्ट्रिय र अन्तरास्ट्रिय खेलाडीहरु र संघका पदाधिकारी तथा सदस्यहरु ( कतिपयलाई खेलको नियम र बलको आकार थाहा नभए पनि !) निकै उत्साहित बनेका छन।
३. बुढानिलकण्ठ नगर अस्पताल
बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य क्षेत्र तर्फको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको बुढानिलकण्ठ नगर अस्पताल शुरुमा वडा नं ८ को लोकेश्वर मन्दिर क्षेत्रमा निर्माण गर्ने भन्दै केहि संरचना समेत निर्माण गरिएको थियो। नगरपालिकामा आएको ठुलो पूर्वाधार जसले ल्याने पनि जसरि आए पनि बन्नुपर्छ भन्दै स्थानीयहरुको विरोधका बावजुद पनि निर्माण शुरु भएको संरचना पहिरोमा परेर ध्वस्त बनेको थियो।
भौगोलिक जटिलता र क्षेत्रफलको चुनौती देखिए संगै धेरैले बुढानिलकण्ठ नगर अस्पतालको निर्माणलाई परको योजनाका रुपमा ब्याख्या र विश्लेषण समेत गर्न भ्याएका थिए। तर पनि नगर प्रमुख खरेलले नगर अस्पतालको योजनालाई रोकेनन तर त्यसको स्थान परिवर्तन गर्दै वडा नं १० को डिठ्ठाचौरमा निर्माण प्रक्रिया अगाडी बढाएका छन।
२५ सैयाको सो अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने त्यहि परिसरमा निर्माण भएको क्वारेन्टाइन भवनमा अस्थायी ओपिडी सेवा समेत नियमित संचालन हुदै आएको छ।
माथि उल्लेख गरिएका तिन ठुला पूर्वाधार संगै नगरपालिकामा धेरै दुरगामी महत्वका भौतिक,सामाजिक,शैक्षिक,सांस्कृतिक र पर्यटकीय पूर्वाधारहरुको विकास भएको छ।
पछिल्लो पाँच वर्षमा भएका विकासका गतिविधिहरुलाई क्रमस : बुढानिलकण्ठमा विकास शृंखलामा प्रस्तुत गर्दै लैजाने छौ। बुढानिलकण्ठमा विकास शृंखलाको आगामी सामाग्री नगरपालिकामा निर्माण सम्पन्न ,निर्माणाधीन र प्रक्रियामा रहेका करिव ३९ वटा पार्कहरुका वारेमा हुनेछ।
बुढानिलकण्ठमा विकास शृंखला क्रमस :