सप्तदेव बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

सप्तदेव बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पौष ४।

सप्तदेव बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ। टोखाको भुतखेल बनभोज स्थलमा भएको संस्थाको साधारण सभा तथा बनभोज कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा एसईई , उच्च मावी र स्नातक तहमा सफलता प्राप्त गर्बे शेयर सदस्य तथा सदस्यका सन्तानहरुलाई सम्मान पनि गरिएको थियो।

बनभोज सहित भएको साधारण सभामा उत्कृस्ट बचत,ऋण कारोवार र आर्थिक गतिविधि गर्ने संस्था तथा ब्यक्तिहरुलाई सम्मान गर्नुका साथै अध्यक्ष ,लेखा समिती र कोषाध्यक्षको प्रतिवेदन पनि पारित गरिएको थियो।

त्यस्तै सो अवसरमा भएको रक्तदान कार्यक्रममा शेयर सदस्य तथा उपस्थित हरुले रक्तदान गरेका थिए भने विभिन्न कलाकारहरुको  मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुति गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।