गोरेटो बहुउदेस्यीय सहकारी संस्थाको कार्यसमिति चयन ,को को बने ?

गोरेटो बहुउदेस्यीय सहकारी संस्थाको कार्यसमिति चयन ,को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,पौष ४।

गोरेटो बहुउदेस्यीय सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा अरहेको स्मार्ट पार्टी प्यालेसमा भएको स साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।

सो साधारण सभाले संस्थाको संचालक समितीको अध्यक्षमा कृष्ण केसीलाई चयन गरेको छ भने  अमृत धमला उपाध्यक्ष बनेका छन। त्यस्तै सैलेन्द्र श्रेष्ठ सचिव रहेको सो संस्थाको कोषध्यक्षमा पूर्ण तामाङ्ग चयन भएका छन।

त्यस्तै हरेराम श्रेष्ठ ,नवराज देउजा,बुद्ध श्रेष्ठ , डिल्लीराम गुरुङ र शर्मिला खत्री संचालक समितिको संचालक चयन भएका छन भने लेखा समितिको संयोजकमा यादव प्रसाद लामीछाने र सदस्यहरुमा भोलानाथ तिमल्सिना र दिनानाथ पोखरेल चयन भएका छन।

अल्पाइन डेभलपमेन्ट बैंकका पुर्व संचालक सुदिप प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन शत्रमा वडा नं ४ का सदस्य धुर्व त्रिपाठी ,नेपाल बहुउदेस्यीय केन्द्रीय सहकारी संघका कोषाध्यक्ष पुष्प बहादुर पौडेल ,शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका उप सचिव ईश्वर काफ्ले लगायतका अतिथिहरु रहेका थिए।

 

तपाइँको प्रतिक्रिया ।