सुकुन्दा साहित्य पाला:को अध्यक्षमा टोखाका प्रशान्त डंगोल
कपन अनलाइन
काठमाडौं पौष १/ नविना श्रेष्ठ
नेपालभाषीहरुको कला, साहित्य , भाषा संस्कृति जगेर्ना गर्ने मुल उद्देश्यका साथ स्थापना भएको सुकुन्दा साहित्य पाला:को नयाँ कार्यसमितिको गठन भएको छ ।बुधबार काठमाडौको रत्न राज्यलक्ष्मी क्याम्पसमा भएको कार्यक्रमबाट सुकुन्दा साहित्य पाला:को अध्यक्षमा प्रशान्त डंगोल सर्वसम्मत निर्वाचित भएका छन । त्यसैगरि नयाँ कार्यसमितिको,उपाध्यक्षमा बिनोदमान सिंह,सचिब रिदेन महर्जन, सह-सचिव ईन्द्रमान महर्जन ,कोषाध्यक्ष सुस्मिता राजबहाक,सदस्यहरु रजिना डंगोल, सोमि डंगोल, सुवास डंगोल, सरिता डंगोल, धिरज प्रजापति,सुमित रञ्जित सर्वसम्मत निर्वाचित भएका छन ।
रिदेन महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रा.डा. चन्द्रमान बज्रचार्य रहेका थिए भने विशेष अतिथिको रुपमा राजेन्द्र महर्जन (राजिकिपु), अतिथि सृमिला सुवाल, अनुप सिङ सुवा,दिपना शर्मा राजभण्डारी,असोज मर्हजन लगायत रहेको उक्त कार्यक्रम संचालन प्रशान्त डंगोलले गरेका थिए ।कार्यक्रममा अध्यक्ष पदमा निर्वाचत प्रशान्त डंगोलले बृहत नेपालभाषा विश्वबिद्यालय स्थापना गर्नु रहेको र सो अभियानमा सम्पुर्ण शिक्षण पेसामा आबद्ध रहनुहुने गुरुवर्ग ,नेपालभाषा अभियन्ता ,नेपालभाषा अध्यनरत विद्यार्थीमा साथ र सहयोगको अपेक्षा गरेका थिए ।कार्यक्रमका प्रमुख अथिति प्रा.डा चन्द्रमान बज्रचार्यले नेपालभाषा तथा मातृभाषा जोगाइ राख्नुपर्नेमा जोड दिदै नेपालभाषाका लागि आफूले धेरै संघर्ष गरेको स्मरण गरेका थिए ।
उनले अध्ययनका लागि पहिला विद्यार्थी नहुदा देखि लिएर अध्ययन गराउने समयमा आफूलाई धेरै आरोप आक्षेप आएतापनि नेपालभाषा आजको दिनसम्ममा स्नातकोत्तर सम्म अध्ययन गराउन रत्नराज्य लक्ष्मी क्याम्पसमा सफल भएको देख्दा निकै खुशी लागेको बताए। उनले यहाँसम्म नेपाल भाषा अध्ययन गराउनका निम्ति टोखाका प्रशान्त डंगोल, कीर्तिपुरका रिदेन महर्जनको ठूलो भूमिका रहेको बताए।कार्यक्रमका सभापति समेत रहेका रिदेन महर्जनले क्याम्पसमा अध्ययन गराउने मात्र ठूलो कुरा होइन विद्यार्थी आफू पनि अध्ययन गर्न जाग्नु पर्ने मा जोड दिएका थिए । नेपालभाषा बचाइराख्न सुरु अरुबाट नभई स्वयं आफु बाट हुनुपर्नेमा जोड दिएका थिए । उनले नेपालभाषा अध्ययन गरी मातृभाषा बचाउन समेत आग्रह गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।