टोखा नगरपालिकामा “मेयर दिर्घायु” कार्यक्रम उद्घाटन
कपन अनलाइन
काठमाडौँ, मंगसिर २८। म स्वस्थ, मेरो टोखा नगर स्वस्थ भन्ने मूल नाराको साथमा टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रमको उद्घाटन गरेको छ। टोखा नगरपालिका वडा नं २मा रहेको टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रकाश अधिकारीले मेयर दिर्घायु कार्यक्रमको उद्घाटन गरेका हुन उक्त कार्यक्रममा नगर उप प्रमुख ज्ञान माया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य , टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टोखा नगर पालिका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल, बिभिन्न वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधि स्वास्थ्य कर्मी, बिभिन्न राजनीतिक दलका प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख प्रकाश अधिकारीले ब्यानर बाचन सहित स्वास्थ्य परिक्षण गर्न आएका मुरारी प्रसाद पाण्डेलाइ फर्म हस्तारण गरि गरेका थिए ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रणलाल खुलालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
टोखा नगरपालीकाले आफ्नो नगरमा रहेका अशक्त (५० बर्ष माथिका) अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गरेको हो ।कार्यक्रम संचालनका लागी कार्यबिधि समेत तयार गरी कार्यान्वयन शुरु गरिएको छ । यस कार्यक्रममा सहभागी भएर आफ्नो समग्र स्वास्थ्य जाँच होल बडि चेकअप गराउन पाउनेछन ।कार्यक्रममा टोखा नगर भित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणीत परिचयपत्र वा अपाङ्गता सम्बन्धि परिचयपत्र भएकाहरुले सहभागी हुनपाउने छन् ।प्रति हप्ता ९० जनालाई यो सुबिधा उपलब्ध हुनेछ भने प्रत्यक वडाले कार्यक्रम अवधिभर ७० जना नागरिकलाई सिफारिस गरि पठाउन पाउनेछन ।कार्यक्रममा कुल एक हजार जनालाई समग्र स्वास्थ्य परिक्षण गरिने नगर प्रमुख प्रकाश अधिकारीले जानकारी गराए ।
सबै नगरबासीलाई स्वस्थ राख्ने र “स्वस्थ नगर टोखा नगर” बनाउने उदेश्यका साथ मेयर दीर्घायु कार्यक्रम कार्यक्रम संचालन गरिएको प्रष्ट पारेका थिए ।त्यसै गरि उनले चाडैनै नगर बासीलाइ रगत आवश्यक परेमा रक्त संचार केन्द्र बाट रगत ल्याउदा लाग्ने रकम पनि नगरपालिकाले बेहोर्ने बेवास्था गर्न लागिएको जानकारी गराएका थिए।आफू जनप्रतिनिधि भएर आयपछि नगर को विकासका सबै क्षेत्रहरुलाई एक साथ अघि बढाउदै लगिरहे को र स्वास्थ्य क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गरेको बताए।
कार्यक्रममा उप प्रमुख ज्ञान माया डंगोलले नगरपालिकाले नगरबासिहरुका लागि स्वास्थ्य क्षेत्रका राम्रो कार्यक्रम ल्याईरहेको बताईन। त्यसैगरि टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अबको पाच वर्ष भित्र यश अस्पतालले टिचिङ अस्पतालले दिने जतिकै सेवा दिने बताए । टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रमका लागि रु तीस लाख रुपैया बजेट विनियोजन गरेको स्वास्थ्य शाखाले जानकारी गराएको थियो । कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।