नेकपा एमालेको स्थायी कमिटीमा डा.राजन भट्टराई

नेकपा एमालेको स्थायी कमिटीमा डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौँ,मंगसिर २६।

डा.राजन भट्टराई नेकपा एमालेको स्थायी कमिटीमा मनोनित भएका छन। भक्तपुरमा बसेको नेकपा एमालेको दोश्रो केन्द्रीय कमिटीको बैठकले डा. भट्टराई सहित ४५ सदस्यीय स्थायी कमिटी चयन गरेको हो।

यस अघि नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा विदेस विभाग प्रमुख रहेका डा. भट्टराई दशौ महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

नेकपा एमालेको उपल्लो कमिटीका रुपमा रहेको स्थायी कमिटीमा मनोनयन भएका डा .भट्टराई २०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवार रहेका थिए।

विद्यार्थी राजनीतिबाट नेपालको बामपन्थी आन्दोलनमा सक्रिय रहेका उनले विभिन्न समयमा फरक फरक जिम्मेवारी बहन गर्दै आएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।