टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि को १२औं वार्षिक साधारणसभा सम्पन्न

टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि को  १२औं वार्षिक साधारणसभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २६/नविना श्रेष्ठ

टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि. १२औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ।वार्षिक साधारणसभाको प्रमुख अतिथि टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए  ।

टोखा वडा नं ३ स्थित शुक्रबार बिएल भ्वय:च्छेमा लक्ष्मी नारायण महर्जन डंगोलको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, विशिष्ट अतिथिमा वडा नं ३का वडाध्यक्ष सिंह राज श्रेष्ठ, टोखा नगरपालिका सहकारी शाखाका प्रमुख कमला कार्की संस्थाका संस्थापक अध्यक्ष मनिष राज जोशी , सहकारीका पूर्व अध्यक्ष शेखर डंगोल, वडा नं २का वडासदस्य हेराकाजी महर्जन डंगोल,प्रतिमा हिङ्गमाङ्ग भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीको उपस्थिति थिए।

टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड कार्यक्रमका प्रमुख अतिथि टाेखा २ का वडाध्यक्ष दिपक राज जोशीले सहकारीका कामहरु जिम्मेवार पूर्वक गर्नुपर्ने तथा आफ्नो पदको ख्याल गरी कार्यहरु गरेमा संस्था सधै बलियो हुने बताए।

सहकारी संस्थालाई सधैं बलियो बनाइराख्न पदमा चुनिएका पदाधिकारीहरु सबैको उत्तिनै जिम्मेवारी रहेको उहाँले बताउनुभयो।कार्यक्रमका सभापति लक्ष्मीनारायण महर्जन डंगोलले टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि.१२औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट २०७७/२०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो।

तपाइँको प्रतिक्रिया ।