गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा डिजिटल सूचना वोर्ड जडान गर्यो
कपन अनलाइन
काठमाडौं,मंगसिर २४ । गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटी चोकमा डिजिटल सूचना वोर्ड जडान गरिएको छ बिहिबार नगर प्रमुख सन्तोष चालिसेले उक्त बोर्डको उद्घाटन गरेका हुन उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायत कर्मचारीर स्थानीयको उपस्थिति रहेको थियो । डिजिटल सूचना बोर्डको जडान पछि नगरवासी लगायत उक्त बाटो भएर हिड्ने यात्रुहरूले नगरपालिका बाट प्रकाशित सूचना, संदेश मुलक जानकारीको साथै गोकर्णेश्वर क्षेत्रका पर्यटकीय ठाउँहरू, र निकटका पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारीहरू हेर्न पढ्न सकिने छ।नगरले सञ्चालन गर्ने गतिविधिमा नागरिकको सहज पहुँच पुर्याउने उद्धेश्यले डिजिटल होर्डिङ बोर्ड राखिएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराए।
‘सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने उद्धेश्यले डिजिटल बोर्ड राखिएको हो’ प्रमुख चालिसेले भने–‘यही मार्फत नगरले सञ्चालन गर्ने योजनाहरु बारे जानकारी गराउँछौँ ।’ बोर्ड मार्फत नगरपालिकाको नीति तथा कार्यक्रम र वार्षिक बजेट बारे पनि जानकारी गराईने छ । त्यस बाहेक महत्वपूर्ण कार्यक्रमका सूचनाहरु बारेमा समेत होर्डिङ बोर्ड मार्फत जानकारी दिईने जानकारी गराए । डिजिटल होर्डिङ बोर्ड राखेर नयाँ प्रविधिसंग जोडिने प्रयत्न गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए । होर्डिङ बोर्डले नगरको सूचनामा नागरिकको सहज पहुँच पुग्ने उनको भनाई छ ।