नेपाल स्काउटका संयोजक भण्डारीलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल स्काउटका संयोजक भण्डारीलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २२।

सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो ।

तपाइँको प्रतिक्रिया ।