कांग्रेस नेता नवराज गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कांग्रेस नेता नवराज गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २२।

नेपाली कांग्रेसका प्रभावशाली नेता नवराज गुरुङले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा (आदिवासी÷जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता गुरुङले आदिवासी जनजातीहरु तथा अन्य समावेशीका जातिहरु सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरुलाई नेपाली कांग्रेसको मुलधारमा ल्याई उनीहरुको बृहत्तर हितमा काम गर्र्नको लागि उम्मेदवारी दिन लागेको बताए ।
उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने,‘महामन्त्रीमा लड्नुपर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरुले नै भन्ने गरेको छन् । पटक–पटक चुनावमा हार व्यहोर्न परेको पीडा मसँग छ ।’
२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका र ३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए ।
उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।
गुरुङले मेचिदेखि महाकालीका जनजाती आदिवासीहरुलाई आफुलाई मत दिन आग्रह गर्दै सबैले भोट दिनेमा आफु विस्वस्त रहेको बताए ।
गुरुङ २०४८ सालमा पर्वत क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको टिकट, २०५९ सालबाट प्रजातान्त्रिकको पर्वतको सभापति र ०६४ बाट ०६७ सम्म एकीकरणपछि कांग्रेसको पर्वत जिल्ला सभापति, ०७० सालमा संविधानसभा सदस्य र ०७४ सालमा प्रदेश सभाको उम्मेदवार भई प्रतिस्पर्धामा होमिएका थिए ।
२०२९ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिमा सुरु गरेका गुरुङ संघको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए । गुरुङको नेविसंघमा धेरै ठूलो योगदान रहेको छ ।
दुई तिहाईको कम्युनिष्टको सरकार आज आफ्नै कारणले तुहिएको भन्दै जनताको मागअनुसार नै नेपाली कांग्रेसले नेतृत्व गरेको उनको भनाई छ। शेरबहादुर देउवाले नचाहँदा नचाहँदैपनि सरकारको नेतृत्व गर्नुपरेको पनि उनले सुनाए ।
जनजातिको छोराले अब कांग्रेसको नेतृत्व गर्नुपर्ने पनि उनले धारणा राखे । कांग्रेसले हिजो गुमाएको साख अब फेरी पाउने विश्वास रहेको उनले बताए । नेतृत्व तहमा असल व्यक्ति नपुगेमा दलकै अस्तित्व गुम्ने खतरा रहने भन्दै नेतृत्व छनौट गर्दा सोच÷विचार पुर्याउन पर्नेमा उनको जोड थियो । पार्टी सभापति हुने हिम्मत आफुमा रहेको पनि उनले बताए ।
गुरुङ्ले विभिन्न कारणले यसअघि महाधिवेशन रोकिएपनि अब कुनैपनि हालतमा कांग्रेसको १४औं महाधिवेशन नरोकिने विश्वास दिलाए । उनले आफ्नो समुदायभित्र नेपाली कांग्रेसको पक्षमा जागरण ल्याउनु आफ्नो मूल एजेन्डा भएको पनि सुनाए ।

तपाइँको प्रतिक्रिया ।