लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा शक्ति समुहको कचहरी नाटक प्रदर्शन

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा शक्ति समुहको कचहरी नाटक प्रदर्शन

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १७।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा शक्ति समुहको आयोजना र UNODC  को आर्थिक  सहयोगमा कचहरी नाटक प्रदर्शन गरिएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ४ को स्मार्ट पार्टी प्यालेस धुम्बाराहीमा भएको कार्यक्रममा लैंगिक हिंसाको विषयमा केन्द्रित नाटक प्रदर्शन गरिएको थियो।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा मनोरन्जन क्षेत्रमा कार्यतर श्रमिक महिला माथि हुने दुर्व्यवहार सम्बन्धी कचहरी नाटक प्रदर्शन गरिएको हो।

शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको कचहरी नाटक प्रदयर्शनमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ की कार्यवाहक वडाध्यक्ष सुमित्रा त्रिपाठी,शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामी सहित मनोरन्जन क्षेत्रमा कार्यरत महिला तथा बेचविखन प्रभावितहरुको उपस्थिति थियो ।

 

तपाइँको प्रतिक्रिया ।