ओमिक्रोन भाइरस: ‘विद्यालय तत्काल बन्द गरी बालबालिकाको स्वास्थ रक्षा गर्नुपर्छ’

ओमिक्रोन भाइरस: ‘विद्यालय तत्काल बन्द गरी बालबालिकाको स्वास्थ रक्षा गर्नुपर्छ’

कपन अनलाइन

काठमाडौँ, मंगसिर १७/रमेश सिलवाल

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ बाट बाहिर निस्कदैं गरेको सिंगो विश्वलाई पुनः गाँज्न थालेको आभाष मिल्न थालेको छ । पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको कोभिड-१९ को नयाँ संस्करण ‘ओमिक्रोन’ भाइरसका कारण यतिबेला विश्व पुनः आक्रान्त बन्ने संकेत मिल्न थालेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार बिहीबार अपरान्हसम्म कोभिड-१९ को म्युटेट भाइरस ‘ओमिक्रोन’ ३० भन्दा धेरै देशमा फैलिएको प्रमाणित गरिसकेको छ । छिमेकी देश भारतमा समेत कोभिड-१९ नयाँ ‘ओमिक्रोन’ भाइरस फेला परिसकेको छ । यस्तोमा बालबालिकाहरूलाई कोभिड-१९ को नयाँ संस्करणबाट बचाउनको लागि तत्काल विद्यालय बन्द गर्नुको अर्को कुनै विकल्प छैन् ।

जापान, अष्ट्रेलिया, अफ्रिका, बेलायत जस्ता देशहरूले नयाँ संस्करणको भाइरसलाई मध्यनजर गर्दै अधिकांश हवाई उडान रद्द गरिसकेका छन्, देशको सीमा पूर्ण रूपमा बन्द गरिसकेका छन् । हाम्रो जस्तो सुदृढ स्वास्थ संरचना समेत नभएको अवस्थामा बालबालिकाको स्वास्थलाई मध्यनजर गर्दै तत्काल विद्यालयहरू बन्द गरी महामारी व्यवस्थापनको नयाँ रणनीति तयार गर्न आवश्यक छ ।

कोरोनाको दुबै डोज खोप लगाएका व्यक्तिमा समेत कोभिड-१९ को नयाँ म्युटेट भाइरस ‘ओमिक्रोन’को संक्रमण देखिनु चिन्ताजनक छ । कोभिड-१९ को नयाँ महामारीसँग लड्न चुस्त कार्यक्रम तय गर्न र विद्यालयहरू बन्द गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्दछु ।

आफ्ना बालबालिकाको स्वास्थप्रति सचेत हुँदै बालबालिकाहरूलाई विद्यालय नपठाउन आग्रह समेत गर्दछु । यो विषम परिस्थितिमा हामीले नै हाम्रा बालबालिकाहरूलाई स्वस्थ राख्न हामी अभिभावक नै संवेदनशील हुन् आवश्यक छ । हाम्रा बालबालिकाहरूलाई यो महामारीबाट सुरक्षीत राख्न सक्यौं भने हामी हाम्रा बालबालिकाहरूलाई पुनः सुरक्षीत तवरले विद्यारलयपठाउन सक्छौं ,फेरि पनि हामी पुराना दिनको जसरी परिवारसँग र साथीहरूमाझ रमाउन सक्छौ ।

(लेखक रमेश सिलवाल चिल्ड्रेन भिजन नेपाल नामक बालबालिको क्षेत्रमा काम गर्ने संस्थाका अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया ।