एक हजार नेपाली महिलालाई रोजगारी दिन ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुरू

एक हजार नेपाली महिलालाई रोजगारी दिन ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुरू

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १६।

एक हजार नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिमको सुरूवात भएको छ ।
नेपाल विश्वकर्मा आर्टस् एण्ड क्राफ्ट्स प्रालि, बौद्धले बुधवारदेखि उक्त तालिमको सुरूवात गरेको हो ।
कपडामा विभिन्न रङ्गका धागोले इम्ब्रोइडरी गरी बनाइने थाङ्का तालिमको उद्घाटनका लागि चीनका प्रशिक्षकहरू भर्चुअल माध्यमबाट जोडिनुभएको हो ।
सो प्रालिमार्फत चीनका प्रशिक्षकहले नेपाली महिला÷किशोरीलाई तालिम दिएर उत्पादन भएका सामग्री बजारीकरणका लागि चीनियाँ नागरिक ढोमा घ्यापले सहकार्य गर्ने नेपाल विश्वकर्मा आर्ट्स प्रालिका व्यवस्थापक दावा लामाले जानकारी दिनुभयो ।
उहाँले हातले कपडामा बुट्टा भर्ने यस तालिममा सहभागीलाई ६ महिनासम्म प्रशिक्षण दिने बताउनुभयो ।
काम सिकेपछि कार्यालयमा आएर काम गर्न चाहनेका लागि रोजगारी दिने र नचाहनेले घर–घरमै आफ्नो घरायसी काम सकेर बुनेर दिन सक्छन्, त्यसको उचित मुल्य पाउने लामाले बताउनुभयो ।
थाङ्का बनाउन कच्चा पदार्थ पनि कम्पनीले नै व्यवस्था गर्ने व्यवस्थापक लामाले बताउनुभयो ।
कोभिड–१९ सुरू हुनुभन्दा अगाडि नै तालिम दिने तयारी गरिएकोमा महामारीका कारण रोकिएकोले बुधवार तालिमको उद्घाटन गरिएको प्रालिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।