सीमा विवादका विषयमा भारत र चीनबीच वार्ता हुने

सीमा विवादका विषयमा भारत र चीनबीच वार्ता हुने

नयाँ दिल्ली, ९ चैत । सीमा विवादका मुद्दामा भारत र चीनबीच आज वार्ता हुने भएको छ।
भारतको नयाँ दिल्लीमा हुने वार्तामा चिनियाँतर्फबाट याङ्ग चेइजी र भारतका तर्फबाट राष्ट्रिय सल्लाहकार अजित डोवालले प्रतिनिधित्व गर्नेछन् ।
भारत र चीनबीच सीमा विवाद बर्षौदेखि भएको भए पनि नरेन्द्र मोदी सरकार आएपछि वार्ताका लागि पहल हुँदै आएको थियो ।

india-china
गत वर्ष लद्धाखमा चिनियाँ सैनिकले चुमारमा दाखिला गराउँदा भारतले कडा आपत्ति जनाएको थियो । चिनिया राष्ट्रपति जिनपिङ्ग भारत आउँदा दुई देशबीचको वास्तविक सीमा पत्ता लगाउन र यसमा दुई देशबीच स्पष्टता हुनुपर्ने बताएका थिए ।
सीमा विवाद भएपनि भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मे महिनामा चीन जाने इच्छा गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।