नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति उम्मेदवार सन्तोष चालिसेको प्यानल घोषणा

कपन अनलाइन

काठमाडौँ, मंगसिर ५ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ मा १४ औं महाधवेशनको लागि क्षेत्रीय कार्यसमितिका उम्मेदवारहरु घोषणा गरिएको छ ।आज जोरपाटी स्थित पिस  ब्यान्केटमा एक कार्यक्रमका बीच सन्तोष चालिसे प्यानल बाट नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ मा १४ औं महाधवेशनको लागि क्षेत्रीय कार्यसमितिका उम्मेदवारहरु घोषणा गरिएको हो।

प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा क्षेत्रीय सभापतिका उम्मेदवार समेत रहेका नगर प्रमुख सन्तोष चालिसेले  क्षेत्रीय कार्यसमितिका उम्मेदवारहरु घोषणा गरेका थिए।  जसमा सचिवमा दिपक रिसाल र भुवन लामा रहेका छन भने सहसचिवमा सुदिप पण्डित क्षेत्री र अमृत खड्का रहेका छन ।बाँकी उम्मेदवारहरु चाडै छलफल पश्चात घोषणा गरिने सन्तोष चालिसेले  जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।