काठमाण्डौ क्षेत्र नं ४ का सम्पदा प्रवर्धनमा डा.राजन भट्टराई,चन्द्रविनायक भैरवनाथ जात्राको अवलोकन
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ५।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले काठमाण्डौ महानगरपालिका वडा नं ७ मा प्राचिन समय देखि मनाइदै आएको चन्द्रविनायक भैरवनाथ जात्राको अवलोकन गरेका छन।
काठमाण्डौ उपत्यकाका चार मुख्य विनायक मध्ये एक चन्द्रविनायक मन्दिरमा हरेक वर्ष लाग्ने सो जात्राको अवलोकन गर्न पुगेका डा. भट्टराई संगै काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।
काठमाण्डौ क्षेत्र नं ४ का धार्मिक र प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर प्रवर्धनमा सक्रिय डा.राजन भट्टराईले लिच्छवीकालिन कुमारी र चन्द्र विनायकको मुर्ति रहेको सो मन्दिर र चावहिल गणेशस्थानमा हुने हरेक जात्रा र पर्वहरु संग आफु निकट रुपमा परिचित रहेको भन्दै तिनको संरक्षण र सुरक्षा गर्नुपर्ने बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ धार्मिक र सांस्कृतिक रुपमा निकै धनि रहेको भन्दै नागपोखरी देखि बागद्वार सम्मका सम्पदाहरु जोडेर “सम्पदा सर्किट ” बनाउन सकिने धारणा राखेका थिए।