नेपाली कांग्रेस काठमाण्डौ ४ (ख) का १८ जना प्रदेस प्रतिनिधिमा निर्वाचित,को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३।

नेपाली कांग्रेस काठमाण्डौ ४ (ख)का १८ जना प्रदेस प्रतिनिधिमा निर्वाचित भएका छन । बुढानिलकण्ठ नगरपालिका वडा  नं १० मा भएको अधिवेसनले विभिन्न क्षेत्रका १८ जनालाई प्रदेस प्रतिनिधिमा निर्वाचित गरेको हो।

सो प्रदेस क्षेत्रबाट खुल्ला तर्फ सानुकान्छा श्रेष्ठ,धुर्व खड्का ,सन्तोष खड्का ,खिलानाथ सापकोटा ,विसु केसी ,शशी प्रसाद शर्मा ,गोकुल बरुवाल ,शर्मिला कार्की ,कान्ता दाहाल ,विष्णुमाया खत्री निर्वाचित भएका छन भने जनजाती तर्फ बाबुराम लामा ,हरिरत्न श्रेष्ठ र ज्ञानुमाया श्रेष्ठ निर्वाचित भएका छन ।

नारद प्रसाद भण्डारी ,संजय अर्याल र सुलोचना पौडेललाई खस आर्य तर्फ निर्वाचित गरेको सो अधिवेसनबाट अन्यमा केशव प्रसाद ढकाल र दलितमा रेखा परियार प्रदेस प्रतिनिधि बनेका छन।

तपाइँको प्रतिक्रिया ।