बौडेश्वर मन्दिरमा बैकुण्ठ चतुर्दशी मेला

बौडेश्वर मन्दिरमा बैकुण्ठ चतुर्दशी मेला

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३/नविना श्रेष्ठ

टोखा नगरपालिका वडा नं १ झोर बौडेश्वर मन्दिरमा मंसिर २ र ३ गते बैकुण्ठ चतुर्दशी मेला  भब्यताका साथ मनाउँदै छ। आजबाट सुरु भएको बैकुण्ठ चतुर्दशी मेला व्यवस्थापन तथा संचालन मूल समितिले गरेको कार्यक्रममा प्रमुख अतिथि टोखा वडा १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले अब टोखा झोर बौडेश्वर मात्र नेपालको लागि प्रख्यात हुने होइन, देशदेखि विदेशसम्म प्रचारप्रसार हुनुपर्ने बताए।

बौडेश्वर झोरको मात्र होइन, समग्र टोखा नगरपालिकाको धार्मिक सांस्कृतिक पर्यटकीय केन्द्रविन्दु रहेको बताउनुभयो। आज साँझ ५.३० बजे हुने दिप प्रज्वलन खैजडी भजन,धिमे भजन, लोक बाजा,लोक दोहोरी र आरतीमा आफू पनि सहभागी हुन पाएकोमा अध्यक्ष अधिकारीले खुसी व्यक्त गरेका थिए।

धार्मिक तथा सांस्कृतिक मेलामा सहभागी सम्पूर्ण भक्तजनहरु तथा मेला व्यवस्थापन तथा संचालन मूल समितिलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए। धार्मिक संस्कृति तथा ऐतिहासिक महत्व बोकेको बौडेश्वर महादेव मन्दिरमा पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा प्रसिद्ध भएको र अझ यसलाई मिडिया मार्फत टोखा काठमाडौ भरी मात्र प्रचारप्रसार हुने होइन, अन्तराष्ट्रिय सम्म यसको प्रचारप्रसार हुनुपर्ने अध्यक्ष अधिकारीले बताए।

तपाइँको प्रतिक्रिया ।