लायन्स क्लव अफ काठमाडौ जोरपाटीको आयोजनामा निःशुल्क दन्त शिविर

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३ ।

लायन्स क्लव  अफ काठमाडौ जोरपाटीको आयोजनामा शुभकामना स्कूल  उत्तरबाहिनीमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

डेन्टल कलेजको प्राविधिक सहयोगमा भएको सो सिविरमा  विद्यालयमा अध्यनरत बालबालिका , कान्ति भैरव गुरुकुलका बटुकहरु तथा अभिभावकहरुको समेत निशुल्क दांतको परीक्षण तथा जटिल उपचार मा २० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

\करिब २५० को निशुल्क दांत परीक्षण भएको उक्त कार्यक्रम मा लायन्स क्लब ३२५ ए १ का अनररी एडभाइजर विष्णु भाइ श्रेष्ठ , लायन सुरेन्द्र बलाय , लायन श्रीजन के सी, लायन बबिता लामा राजभण्डारी , लायन कुमार श्रेष्ठ , लायन जयराम विष्ट , लायन प्रकाश अधिकारी , लायन सरला सुवाल लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।