गोकर्णेश्वर नगरपालिकामा प्रथम रत्न लाल स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं मङ्सिर १। गोकर्णेश्वर नगरपालिकामा प्रथम  रत्न लाल स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिता २०७८ हुने भएको छ । मङ्सिर २०   गते बाट गोकर्णेश्वर नगरपालिका भरि  संचालनमा रहेका बिध्यालयका  बिद्यार्थीहरुको  सहभागीता रहने उक्त प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको गोकर्णेश्वर फुटसल एण्ड फिटनेस क्लबमा सञ्चालन हुने  आयोजकले कपन अनलाइनलाइ जानकारी गराएको छ ।

खेलाडी दर्ता मंसिर १७  गते भित्र गरिसक्नु पर्ने जानकारी दिदै  उक्त  प्रतियोगितामा १० कक्षा सम्मका विद्यार्थीहरुले भाग लिन पाउने जानकारी गराएका छन । तियोगितामा बिजेताले नगद रु ५०  हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २५  हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, गोल रक्षक र सर्वाधिक गोलकर्तालाइ पनि नगद सहित  ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ ।  प्रतियोगितामा सहभागी हुने टिमलाइ दर्ता शुल्क रु ५ हजार  कायम गरिएको आयोजकले जानकारी  दिदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागिसहभागिता जनाई सहयोग गर्नको लागि पनि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।