वडा नं. १२, १३ र १४ को बजेट विकासमुखीभन्दा व्यक्तिमुखी

कपन अनलाइन\चैत्र ८ , २०७१

बुढानीलकण्ठ नगरपालिकाले चालु आवका लागि छुट्याएको बजेटमा व्यक्ति हावी देखिएको छ । विकासका बजेटभन्दा पनि व्यक्ति हेरेर त्यो व्यक्तिको संस्थालाई धेरे बजेट दिइएको पाइएको छ । नगरपालिकाको सबैभन्दा धेरै बजेट पाएको साविक कपन गाविस रहेको वडा नंं १२, १३ र १४ को अधिकांश बजेट विकासतिरभन्दा व्यक्तितिर देखिएको छ । हालै नगरपालिकाले सार्वजनिक गरेको यी वडाहरुको योजना र सम्झौतामा देखिएको शीर्षक हेर्दा कनिका छरे जसरी छरेको बजेट अधिकांश अनुहार हरेर विनियोजन गरिएको देखिएको छ ।

Counting-rs-thousasnd_20101001091138

नगरपालिकाले सार्वजनिक गरेको ३३ वटा सम्झौता भएको योजना हेर्दा केही आशलाग्दा विकासका काममा बजेट विनियोजन गरे पनि कतिपय कार्यकर्ता पाल्न नेताले पैसा बाँडेको जस्तो पनि देखिएकोछ । त्यसरी बाँडिएको अधिकांश बजेट अनुत्पादक पनि देखिएको छ । पहँुचका आधार तथा राजनीतिक कार्यकर्ताको नाममा एनजिओहरुलाई बाँडेको बजेटको नालीबेली हेर्दा यस्तो देखिन्छ । विशेष गरेर बिभिन्न कार्यक्रम गर्ने वा लक्षित वर्गलाई भनेर छुट्याइएको बजेट अत्यन्त अनुत्पादक हुने देखिएको छ । तलको बजेटको तालिका हेर्दा नै सबैले अनुमान गर्न सक्छन् विकास बजेटमा योजनाभन्दा व्यक्ति हावी थिए भन्ने कुरा । केही योजनाहरु अझै सम्झौता हुन बाँकी रहेका छन् । जसमा मिठाराम अधिकारी अध्यक्ष रहेको कपन साहित्य समाजको रु. ५ लाख र सदाबहार खेलकुद समाजको रु.४ लाख मुख्य पर्दछन् ।

हेर्नुहोस् हालसम्म सम्झौता भएका वडा नं. १२, १३ र १४ को बजेटको नालीबेली ।

१. शान्ति टोल उपभोक्ता समिति वडा नं १४     रु.१,००,०००      (मनमाया गुरुङको घर अगाडिको बाटो ढलान)
२. राधाकृष्ण चोक भित्री बाटो निर्माण वडा नं. १४          रु. १,००,०००   (राधाकृष्ण टोल भित्री बाटो ढलान)
४. समाजको आवाज वडा नं. १२      रु. १५,०००      (बालबालिकाको कविता प्रतियोगिता)
५. नारी दिवस मूल समारोह समिति वडा नं. १२,१३,१४      रु.  ९०,०००       (१०५ औँ नारी दिवस कार्यक्रम)
६. गुरुङ टोल मार्ग पिच वडा नं. १४            रु. ५,००,०००        (बाटो कालोपत्रे गर्न)
७. प्रगति टोल शान्तिमार्ग मूलबाटो उ.स     वडा नं. १४     रु. ३,००,०००  (टोल शान्तिमार्ग मूलबाटो निर्माण)
८. रुद्रमति धोवीखोला संरक्षण उ.स      वडा नं.   रु.  १२ ५०,०००    (साइड ड्रेन   निर्माण)
९. सांप्रेढुंगा धोवीखोला उ.स वडा नं. १२       रु. २,००,०००      (बाटो निर्माण)
१०. शान्ति टोल उ.स वडा नं. १२      रु. ३,००,०००         (रणबहादुरको घर नजिकको बाटो निर्माण)
११. नमुना उपभोक्ता समिति वडा नं. १४         रु.  १,००,०००       (बाटो तथा ढल निर्माण)
१२. पैयुटार मूलबाटो कालोपत्रे उ.स  वडा नं. १४      रु. ३०,००,०००    (पैयुटार मूलबाटो कालोपत्रे )
१३. स्वरुपा टोल उ.स वडा नं. १३    रू. १,५०,०००     (बाटो मर्मत)
१४. महिला संजाल   कपन वडा नं.  १४      रू. २,७०,०००      (उदघोषण तालिम र प्रौढ शिक्षा संचालन)
१५. जंगलादेवीमार्ग सडक निर्माण उ.स वडा नं. १३      रु.  १०,००,०००  (बाटो तथा ढल निर्माण)
१६. गुरुङ समाजभवन वडा नं. १४    रु. २,००,०००     (गुरुङ समाज कल्याणकारी भवननिर्माण)
१७. गुरुङ समाज कल्याणकारी महिला संघ वडा नं. १४    रु. १,००,०००      (सामुदायिक भवन  निर्माण)
१८. कपन हाइट मार्ग उ.स वडा नं. १३    रु.   २,००,०००     (बाटो निर्माण)
१९. आनीगुम्बा ढल उ.स वडा नं. १४       रु. ५,००,०००      (आनीगुम्बा पछाडी रहेको ढल फेर्न)
२०. राधाकृष्ण महिला विकास समिति   वडा नं.  १३    रु. १,००,०००    (बुटिक तालिम)
२१. दारेगौँडा राउत भञ्ज्याङ बाटो निर्माण समिति वडा नं. १४      रु. ४,००,०००  (साविक कपन ७ को मुलबाटोको पर्खाल निर्माण)
२२. यज्ञडोल बालउद्यान वडा नं.   रु.   ४,००,०००    (बाल उद्यान निर्माण)
२३. खरिबोट संगमचोक मुलबाटो निर्माण समिति वडा नं. १४     रु. ४,००,०००   (बाटो निर्माण)
२४ सेतीदेवी पशुपालन उ.स वडा नं. १३     रु.  ५०,०००    (पशुपालन गर्नको लागि)
२५. छाता समुह  १३ १,३०,००० मन्टश्वरी तथावातावरण
२६. नेपालदलिततथा गैर दलितउत्थानक्ल्व १४ १,००,००० निशुल्क कम्प्युटर तालिमउपलव्ध गराउनक
२७. संयुक्तमहिला सञ्जाल वडा नं. १२ ,१३ र १४      रु.   ६०,०००    (महिलां हिंशा सचेतना अभियान कार्यक्रम)
२८. कपन  दलित  उत्थान समिति वडा नं. १३      रू. १,००,०००     ( दलित उत्थानको लागि)
२९. समाजको आवाज वडा नं.  १२    रू. १,००,०००   (वातावरण सम्वन्धिकार्य संचालन गर्न)
३०. विजयादेवी भगवती महिला समुह वडा नं. १३     रु. १,००,०००     (कृषि बिउबिजन वितरण कार्यक्रम संचालन गर्न)
३१ महिला मैत्री दीप महिला समूह वडा नं १३      रू १,००,०००    (एक घर एक कम्पोष्ट विन)
३२. शान्तिटोलदेखि साविक कपन जाने बाटो वडा नं. १३    रू‌.   १५०,०००  (शान्तिटोल कपनको मुलबाटो निर्माण)

३३. माधव दाहालको घरदेखि बंगलामुखि मार्ग जोड्ने बाटो उ.स  वडा नं. १३      रू १,५०,०००   (ढल तथा बाटो निर्माण)

तपाइँको प्रतिक्रिया ।