काठमाण्डौ क्षेत्र नं ४ मा महाधिवेशन प्रतिनिधि उम्मेद्वारी दर्ता आज २ बजे देखि शुरु हुने

काठमाण्डौ क्षेत्र नं ४ मा महाधिवेशन प्रतिनिधि उम्मेद्वारी दर्ता आज २ बजे देखि शुरु हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

नेकपा एमाले काठमाडौं क्षेत्र -४ को बैठकले महाधिवेशन प्रतिनिधि छनौटको कार्यतालिका तयार गरेको छ। नेकपा एमाले काठमाडौं क्षेत्र -४ का संयोजक तेज ढकालको अध्यक्षतामा भएको सो बैठकमा बागमती प्रदेस कमिटी सदस्यहरु निर्मल कुइकेल , संगम गहतराज ,मिठाराम अधिकारी , काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउला,जिल्ला कमिटी सदस्यहरु, वडा अध्यक्षहरु , वडा कमिटीका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

सो बैठकले काठमाडौं क्षेत्र -४ मा महाधिवेशन प्रतिनिधिका लागि कार्तिक २६ गते २ बजे पछि क्षेत्रीय कार्यालय चाबहिलमा उम्मेद्वारी दर्ता शुरु  गर्ने निर्णय गरेको छ।

गणेशस्थानमा रहेको नेकपा एमाले काठमाडौं -४ को कार्यालयमा गएर महाधिवेशन प्रतिनिधिमा उठ्न चाहने उम्मेद्वारले ३ हजार दर्ता शुल्क सहित आवस्यक कागजात सहित मनोनयन दर्ता गराउन सक्नेछन।

सो बैठकमा बोल्दै संयोजक ढकालले काठमाडौं क्षेत्र -४ मा यस पटक कुनै पनि हालतमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका छन।

यस पटक पनि काठमाण्डौ क्षेत्र नं ४ ले सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गर्ने विस्वास ब्यक्त गर्दै संयोजक ढकालले त्यसका लागि विशेष संयन्त्र निर्माण गरिएको बताएका छन ।

डा. राजन भट्टराईको नेतृत्वमा संयन्त्र गठन :

त्यस्तै उक्त बैठकले काठमाडौं क्षेत्र -४ मा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि केन्द्रीय सदस्य डा. राजन भट्टराईको नेतृत्वमा प्रदेस कमिटीका सदस्यहरु रहेको विशेष संयंत्र निर्माण गर्ने निर्णय समेत गरेको छ।

सो संयन्त्रमा प्रदेस कमिटी सदस्य निर्मल कुइकेल , उद्दव खरेल ,मिठाराम अधिकारी र संगम गहतराज सहित आवस्यक पर्दा थपिने जानकारी दिइएको छ ।

काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि छनौट कार्तिक २७ गते बिहान ११ बजे देखि गोल्डन लाइट पार्टी प्यालेस चाबहिल मित्रपार्कमा हुनेछ।

तपाइँको प्रतिक्रिया ।