काठमाण्डौ क्षेत्र नं ४ मा महाधिवेशन प्रतिनिधि छनौटका लागि नेकपा एमालेको छलफल

काठमाण्डौ क्षेत्र नं ४ मा महाधिवेशन प्रतिनिधि छनौटका लागि नेकपा एमालेको छलफल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले आगामी मङ्सिर ११ गते देखि १३ गते सम्म हुने महाधिवेसनका लागि प्रतिनिधि छनौटका लागि छलफल शुरु गरेको छ।

धुम्बाराहीमा रहेको स्काई जोन पार्टी प्यालेसमा भएको छलफलमा कार्तिक २७ गते हुने प्रतिनिधि छनौटका विविध विषयमा अन्तरक्रियात्मक छलफल गरिएको हो।

नेकपा एमालेका बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल,उद्दव खरेल,मिठाराम अधिकारी,संगम गहतराज सहित  काठमाण्डौ महानगर कमिटीका अध्यक्ष निर्मल देउला ,जिल्ला कमिटी सदस्यहरु, क्षेत्र नं ४ का १२ वटा वडा कमिटीका अध्यक्षहरु ,जनप्रतिनिधिहरुको उपस्थितिमा भएको सो भेलाको अध्यक्षता जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक तेज ढकालले गरेका थिए।

सो छलफलमा नेकपा एमालेको १० औ महाधिवेसनका लागि जिल्ला सदस्य विदुर विक्रम खड्का र बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका थिए भने वडा नं ८ का अध्यक्ष सुमन तामाङ्गले जनजाती कोटा भएमा आफ्नो उम्मेदवारी हुने बताएका थिए।

त्यस्तै नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सह संयोजक लक्ष्मी संग्रौलाले संचालन गरेको कार्यक्रममा वडा नं ९ का पुर्व अध्यक्ष गोविन्द कटवालले हरेक पटक प्रतिनिधि छान्दा साविक महांकाल गाविसलाई अन्याय भएको भन्दै यस पटक प्रतिनिधित्व हुनुपर्ने भन्दै घुमाउरो तरिकाले उम्मेदवारी घोषणा गरेका थिए ।

आजको छलफलमा घोषणा गरेका चार जना सहित  काठमाण्डौ क्षेत्र नं ४ मा बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल ,उद्दव खरेल, मिठाराम अधिकारी, संगम गहतराज ,काठमाण्डौ महानगर अध्यक्ष निर्मल देउला ,जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल,सह संयोजक लक्ष्मी संगौला ,क्षेत्र नं ४ का पुर्व सदस्यहरु धुर्व भट्टराई र पुन्यराज पुडासैनी पनि महाधिवेसन प्रतिनिधिको दावेदार देखिएका छन।

त्यस्तै महिला महाधिवेसन प्रतिनीधि तर्फ  अन्जु शर्मा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिको बलियो दावेदार देखिएकी छन भने शुशिला सिलवाल र निर्मला खड्का पुडासैनी नि सम्भावित उम्मेदवारका रुपमा देखिएका छन।

 

तपाइँको प्रतिक्रिया ।