गोकर्णेश्वरका फुर्साङ लामा तामाङ नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनित

गोकर्णेश्वरका फुर्साङ लामा तामाङ नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनित

कपन अनलाइन

काठमाडौँ, कात्तिक २०।  नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा फुर्साङ लामा तामाङलाइ मनोनयन गरिएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ निवासी फुर्साङ लामा तामाङ नेपाली कांग्रेस नेपाल आदिबासी जनजाति संघ गोकर्णेश्वर ८ इकाइका सभापति समेत हुन भने भर्खरै सम्पन्न वडा अधिबेसन बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन।   सामाजिक कार्यमा त्यतिकै संलग्न हुदै आएका तामाङ आरुबारी युवा क्लबका अध्यक्ष समेत हुन।  नेपाल लोकतान्त्रिक खेलकुद संघको बिधान बमोजिम केन्द्रीय कार्य समितिको निर्णयले उनलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।

 उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले फुर्साङ लामा तामाङ  केन्द्रीय सदस्यमा मनोनित भएको पत्र प्रदान गरेका छन। उक्त पत्रमा बधाई सहित  आगामी दिनमा संघको  बृहतर हितलाई ध्यानमा राखी संघको बिधि बिधान अनुरुप् कार्य गराउने विश्वासका साथ् सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।