गोकर्णेश्वर-६ को एक पानी फ्याक्ट्रीमा काठमाण्डौ जिल्ला प्रशासनको सिल

गोकर्णेश्वर-६ को एक पानी फ्याक्ट्रीमा काठमाण्डौ जिल्ला प्रशासनको सिल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १६।

गोकर्णेश्वर-६ को एक पानी फ्याक्ट्रीमा काठमाण्डौ जिल्ला प्रशासनले  शिल गरेको छ। पानी प्रशोधन कक्षमा Reverse Osmosis मेसिनबाट पानी चुहिएको, जार सरसफाई कक्ष सन्तोषजनक नभएको, मेसिनरी तथा उपकरण मर्मत संभार गर्ने रेकर्ड नराखेको भन्दै सो वडाको क्वालिटी खानेपानी प्रालि सिल  गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी  अनुप के.सी. को नेतृत्वमा गएको बजार अनुगमन समितिले  प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिक, २०७४ को अनुसूचीको बुँदा नं. १० मा उल्लेखित अभिलेख नराखेको, प्रयोगशाला प्रतिवेदन निर्देशिका बमोजिम पेश गर्न नसकेको जस्ता कैफियत देखिएकोले उक्त कैफियतहरु सुधार गरी अभिलेख तयार गरी तथा प्रचलित मापदण्ड पुरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्ने गरी उद्योगमा शिल गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।